Nepal Face
  • आइतबार, १० साउन २०८३
  • रवि लामिछानेको हकमा न्याय होइन, प्रतिशोध चलिरहेको छः सोविता गौतम


    बुधबार, माघ २३ २०८१
    1.1K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)की नेतृ सोविता गौतमले आफ्नो पार्टीका सभापति रवि लामिछानेमाथि प्रतिशोधको शृंखला नै चलिरहेको बताएकी छन् ।

    गौतमले सामाजिक संजालमा ‘यसकारण हो प्रतिशोध’ उल्लेख गरिएको रवि लामिछानेको तस्वीर सेयर गर्दै लेखेकी छन्–‘सूर्यदर्शन सहकारीको रकम अपचलन प्रकरणमा एमाले केन्द्रीय सदस्य राजीव पहारी जोगिए, तर रवि लामिछानेलाई ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोग !’

    उनले प्रश्न गरेकी छन्–सूर्यदर्शन सहकारीको पैसा निकासामा एउटै Modus Operandi, तर अभियोजन पार्टी सदस्यताको आधारमा  ?
    प्रतिशोध नै हो भन्ने स्पष्ट भयो ।

    कांग्रेस सांसद विनोद चौधरी संलग्न बाँसबारी छाला तथा जुत्ता कारखानाको १० रोपनी सरकारी जग्गा हिनामिना तर महान्यधिवक्ता कार्यालयले गर्यो मुद्दा नचलाउने निर्णय !
    भनेपछि सत्तासीनका लागि उन्मुक्ति हुने स्पष्ट भयो त !

    त्यस्तै उपप्रधानमन्त्री तथा कांग्रेस नेता प्रकाशमान सिंहकी दिदी रितासिंह वैद्य मुख्य आरोपी रहेको नेपाल बाल मन्दिरको जग्गा लिजमा लगाउँदा भएको हिनामिनासम्बन्धी मुद्दा पनि प्रहरीले डिसमिस पार्ने तयारी !

    अनि यता
    रवि लामिछानेविरुद्ध मुद्दा चलाउने सरकारी वकिलको रातारात सरुवा !

    सरकारले संगठित अपराधको मुद्दा चलाउन दबाब दियो, सरकारी वकिलले ठगीमा मात्र दर्ता गरेपछि आकस्मिक सरूवा गरियो ! सरुवा स्वाभाविक हो, तर आकस्मिक सरूवा ? हुँदाहुँदै अब सरकारी वकिलमाथि पनि प्रतिशोध ?

    सरकारको असन्तुष्टि छर्लंगै पोख्खियो !

    अब महान्यायाधिवक्ता सरकारलाई होइन, सरकार महान्यायाधिवक्तालाई सल्लाह दिने अवस्थामा पुगेको छ !

    जे होस्, दूरगामी राजनीति गर्ने सरकारकारमा रहेका दलका दोस्रो पुस्ताका रूपमा परिचित वरिष्ठ नेताहरूले सुशासनका प्रवचन दिंदै कसरी आँखा जुधाएर सत्य र न्यायको कुरा गर्छन्, हेर्न बाँकी छ !

    तर जनताको विवेकको कसीमा यो प्रतिशोधकै खेल साबित भइसकेको छ !

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार