काठमाडौं । देशको राजधानी काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह(बालेन)ले २०८० साल भदौमा सरकारले महानगरका गाडीहरु रोकेमा सिंहदरबारमा आगो लगाइदिन्छु भन्दै अराजक स्टाटस लेखे ।
साहको जस्तो स्टाटस अन्य कसैले लेखेकोभए प्रहरीले तत्कालै फौजदारी अभियोग लगाएर जेलमा हालिन्थ्यो । तथापि उनलाई ऐन, कानूनले छोएन ।
महानगर प्रहरीले निर्दयी तरिकाले सामान फालिदिने अभद्र व्यवहार गरिदिएपछि अति नै भएर धर्मपथ क्षेत्रमा फुटपाथमा ब्यापार गर्ने तीन जना महिला व्यापारीले आत्महत्या नै गरिसकेका छन् । कतिपय अभियन्ताहरुले शहर गरिबको पनि हो भनेर आफ्ना विचारहरु पनि प्रवाह गरे । तर, बालेन साहले सडकमा ब्यापार गर्नेहरुको चित्कार सुनेनन् । उनले निर्ममता र निर्दयीताको पराकाष्टा नै देखाएको आरोप छ ।
नगर प्रहरीहरु यसअघि पनि फुटपाथ ब्यापारमा कडाई गर्दै आएका थिए । तर, यो स्तरको बन्देज भने थिएन । बालेन काठमाडौंको नगर प्रमुख बन्लान् भन्ने कसैले पनि सोचेका थिएनन् । पेशाले उनी एक ¥यापर हुन् । भ्युअर बढाउन नगर प्रमुखमा उठेका हुन् भनिन्थ्यो । उनी महानगर प्रमुखमा निर्वाचित भएपछि अहिले सार्वजनिक क्षेत्रमा बिनानक्सा बनाइएका घरहरु भत्काउने क्रम जारी छ ।
यसअघि विद्यासुन्दर शाक्य महानगर प्रमुख हुँदा पनि नगर प्रहरीले कतिपय फुटपाथ ब्यापारीहरुको समान उठाइदिने गर्दै आएको थियो । तथापि यो किसिमको क्रुर ब्यवहार गरिएको थिएन । बालेन कसैसँग पनि उनी आफैं फेस गर्दैनन् । उनले राजाले जस्तै गरी आफ्नो स्टाटस लेखिदिन्छन् । महानगरमा नेपाल सरकारको प्रतिनिधिका रुपमा प्रशासकीय अधिकृतहरु बसन्त अधिकारी, प्रदीप परियार र सरोज गुरागाई लगायतले उनीसँग काम गरे । तर, पनि उनको कामबाट खुशी हुन सकेनन् । किनकि उनी युट्युव च्यानल लगाएर लाइभ गर्ने नाममा बदनाम गराइदिन्छन् ।
महानगरपालिकाले हिजो स्वीकृति दिएर बनाइएका कतिपय संरचनाहरु क्षतिपूर्ति बिनै भत्काइएका छन् । हिजो सहमति दिने कर्मचारीहरुलाई कुनै कारबाही गरिएको छैन । महानगरपालिकाका उनी मातहतका कतिपय कर्मचारीलाई उनले सबै छुट दिएका छन् । उनले यो संविधान अन्तर्गत महानगरको प्रमुख भएपछि कानून मान्दिन भन्न मिल्दैन, तथापि उनी कानून भन्दा माथि भएको भान आम मानिसलाई देखाउन चाहन्छन् ।
बालेनको पछाडि कुन शक्ति छ ?
बालेन साह किन यो स्तरमा बिरोध गर्न तयार छन् ? भन्ने विषयमा धेरै मानिसहरुको कौतुहलता छ । कसैले उनलाई उत्तरप्रदेशको पूर्व मूख्यमन्त्री योगी आदित्यनाथबाट सञ्चालित पात्रको रुपमा लिएका छन् भने कसैले भारतीय खुफिया एजेन्सीको एक सिपाहीका रुपमा ब्याख्या गरेको पाइन्छ । त्यसो त उनी आरएसएसको मानिस भन्नेहरु पनि छन् । कतै उनलाई युक्रेनी राष्ट्रपति जेलेन्स्कीकै एक नेपाली रुपमा ब्याख्या गरेको पाइन्छ । अहिले उनलाई कतिपयले राजनीतिक दल खोल्न उक्साएको सामाजिक सञ्जालमा देख्न र सुन्न पनि पाइन्छ ।
किन ओलीको विरोध गर्छन् भारतीय मिडियाहरु ?
भारतीय मिडियाहरु प्रधानमन्त्री ओलीको विरुद्धमा ज्यान फालेर लागेका छन् । भारतीय खुफिया संस्था रअ (रिसर्च एण्ड एनालाइसिस विङ) को लगानीमा सञ्चालित आजतकले प्रधानमन्त्री ओलीको कम्बोडियामा लगानी रहेको हावादारी प्रचार गरेको थियो । त्यही अफवाहपूर्ण कुरालाई ओली बिरोधी मिडियाले खुबै प्रचार गरे । त्यसमा नेपालका कतिपय मिसन मिडियाहरुले पनि घ्यू थप्ने काम गरे । भारतीय मिडियाहरु संसारमै कम विश्वसनीय छन् । उनीहरु तिललाई पहाड बनाएर समाचार पस्किने गर्छन् । उनीहरुले आधार र प्रमाणबेगर नै कतिपय समाचारको सम्प्रेषण गरिरहेका हुन्छन् । त्यहाँका गरिब, दलित र असहायहरुको उनीहरु उनीहरु कहिल्यै पनि सहारा बन्न सक्तैनन् ।
भारतको राजधानी दिल्ली बृद्धाहरुको लागि जोखिमपूर्ण स्थानको रुपमा मानिन्छ । त्यहाँको वास्तविक अवस्था भारतीय मिडियामा उजागार नै हुँदैन । अझ कतिपय नेपाली मिडियामा त झनै लुकाउने गरिएको छ । भारत अहिले गरिब र असाहायका लागि संसारमै अति खरावमध्येको पर्छ ।
बालेन गरिब कि धनीमैत्री ?
बालेन साह महानगरका धनीको लागि मात्रै सहयात्री बनेका छन् । उनले घरधनीसँग उचित कर उठाउन सकिरहेका छैनन् । काठमाडौं महानगरपालिकामा रहेका अधिकांश घरधनीले ७ तलाको घरमा ६ तलाको भाडा उठाए पनि दुई तलाको मात्रै कर तिरेका छन् । २०८१ माघ १४ गते प्रकाशित डायरी एक्सप्रेस साप्ताहिकबाट साभार
काठमाडौं । सुन्दा कथा जस्तो लाग्ने तर, सत्य घट्ना अहिले सतहमा आएको छ । संघीय सरकारको स्वामित्वमा रहेको ६ सय शैयाको भरतपुर अस्पतालको नाममा...
काठमाडौं । काठमाडौं महानगरपालिका –३, बाँसबारीको कपनमार्गमा बसोबास गर्ने एक विमान चालक (पाइलट) बिनाअनुमति अन्य ठाउँबाट स्थानन्तरण गरिएको स्कूल उक्त ठाउँबाट हटाउन महाभारतको युद्ध...
दाङ जिल्लाको साविक श्रीगाउँ गाविस हालको दंगीशरण गाउँपालिकामा जन्मनुभएकी रोशनी नेपाली बादी चिकित्सा पेसामा आवद्ध हुनुहुन्छ । बुवा निर्मल नेपाली बादी सरकारी विद्यालयमा शिक्षक...
काठमाडौं । काठमाडौं महानगरपालिका–३ बासबारीको कपनमार्गमा समानता नामक स्कूल छिमेकीको स्वीकृति नलिई सञ्चालन गरिएको छ । स्थानीयहरुको बसोबासस्थल रहेको उक्त ठाउँमा स्कूलका कारण बस्न...
काठमाडौं । लेनदेनको विषय नमिल्दा बाँकेको नौबस्ता कारागार १७ गते शनिवार रणभूमिमा परिणत भएको छ । दर्जनौं कैदी घाइते भएका छन् केहीलाई अस्पतालमा लगिएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend