काठमाडौं । आजबाट संसदको हिउँदे अधिवेसन सुरू हुँदैछ ।
जसअनुसार संघीय संसद सचिवालयले प्रतिनिधिसभातर्फको सम्भावित कार्यसूची सार्बजनिक गरेको छ । बैठक दिउँसो १ः०० बजेबाट सुरू हुनेछ ।
जसअनुसार सभामुख देवराज घिमिरेले धिवेसन आह्वान सबन्धी राष्ट्रपतिबाट प्राप्त पत्र पढेर सुनाउनेछन् भने उनले नै राष्ट्रपति कार्यालयको र प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयबाट प्राप्त मन्त्रीपरिषद सदस्यको कार्यभार तोकिएको सबन्धी पत्रको ब्यहोरा जानकारी दिनेछन् ।
त्यसपछि आजको बैठकमा प्रतिनिधिसभा नियमावली २०७९ नियम १० बमोजिम बैठकको अध्यक्षता गर्न सांसदहरूको नामावली सार्बजनिक गर्नेछन् भने बैठक आरम्भको अवसरमा दलीय मान्यता अनुसारको धारणा र मन्तब्य राख्ने क्रम सुरू हुनेछ ।
साथै, सुशासन प्रबर्धन तथा सार्बजनिक सेवा प्रवाह सबन्धी केही नेपाल ऐनलार्इ संंशोधन गर्ने अध्यादेश–२०८१ प्रधानमन्त्री केपी शर्मा ओलीले पेश गर्ने संसद सचिवालयले जनाएको छ ।
उता, आर्थिक कार्यबिधि तथा बित्तिय उत्तरदायित्व (पहिलो संशांधन) अध्यादेश–२०८१, निजीकरण (पहिलो संशोधन) अध्यादेश–२०८१, आर्थिक तथा ब्यावसायिक वातावरण सुधार र लगानी अभिबृद्धि सबन्धी केही नेपाल ऐनलाई संशाधन गर्ने अध्यादेश–२०८१ भने उपप्रधान तथा अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले पेश गर्नेछन् ।
भूमि ब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले ‘सहकारी सबन्धी केही नेपाल ऐन संशाधन गर्ने अध्यादेश, र भूमिसबन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश पेश गर्ने सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ ।
साथै, बैठकमा पूर्वसभामुख दमननाथ ढुंगाना तथा संविधानसभा सदस्य रामजीप्रसाद शर्माको निधनमा शोक प्रस्ताव प्रस्तुत गरिनेछ ।
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
काठमाडौँ । सुशासन, रोजगार र अवसरको खोजीसँगै युवा पुस्ताको संघर्षले भएको जेन जेड आन्दोलनको एक वर्ष पूरा भएको छ । स्वदेशमै रोजगारको सिर्जना गर्ने...
काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरिएको छ। मंगलबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले...
काठमाडौं । सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेले एक वर्षअघि भएको जेनजी आन्दोलनलाई नयाँ जागरण विस्फोटको रुपमा उल्लेख गरेका छन्। जेनजी शहीद दिवसको अवसरमा वक्तव्य...
काठमाडौँ। प्रमुख प्रतिपक्षी तथा नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले जेन–जी विद्रोहका क्रममा भएका घटनाबारे राष्ट्रिय मानव अधिकार आयोगले गरेको सिफारिस तत्काल कार्यान्वयन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend