काठमाडौं । खानेपानी मन्त्रीका निजी सचिव भक्तराज जोशीको फूर्तिफार्ती हेर्दा उनी सचिवभन्दा शक्तिशाली जस्तै देखिन्छन् । सुदूरपश्चिमका जोशीले प्रदीप यादव स्वास्थ्य मन्त्री हुँदा नै निजी सचिवालय सम्हालेका थिए । स्वास्थ्यमा मन्त्रीका निजी सचिवका अलावा योजना शाखाको प्रमुख समेत दोहोरो जिम्मेवारी सम्हालेका जोशी यादव स्वास्थ्यबाट खानेपानी मन्त्रीमा सरुवा भएपछि उनीसँगै त्यता लागेका थिए ।
खानेपानी मन्त्रालयमा गएपछि सचिवालयका हर्ताकर्ता नै बन्न पुगेका जोशी यादवका विश्वासपात्र कर्मचारी हुन् । कर्मचारीको खटनपटनदेखि ठेक्कापट्टा, आयोजना प्रमुख र कार्यालय प्रमुखदेखि महानिर्देशकसँग समेत उनैले मन्त्रीको तर्फबाट डिल गर्ने गरेका छन् । खानेपानीमा भ्रमण भत्ता(टीओ आतंक) देखि लिएर कर्मचारी सरुवामा पनि ठूलो मोलमोलाइ हुने गरेको छ ।
खानेपानी मन्त्रालयका सचिव प्रमिला बज्राचार्य सरुवा भएर आएपछि मन्त्री यादवसँग कसैले पनि दोहोरो कुरा गर्ने आँट गर्दैनन् । बज्राचार्य पटक–पटक सरुवा हुँदै दोस्रो पटक खानेपानी मन्त्रालयमा आएकी हुन् । आयोग र विज्ञान प्रविधि मन्त्रालयमा लामो समय थन्किएको पीडा भोगेकी सचिव बज्राचार्यले खानेपानीमा मन्त्रीसँग पौंठेजोरी हिम्मत गर्ननसक्दा मन्त्री यादवका निजी सचिव जोशीको हालीमुहाली चलेको छ ।
जोशी विगतमा खानेपानी बिभागमा देवराज भट्ट महानिर्देशक हुँदा उनका निजी सचिव थिए । पीए भएर लाभ लिन पल्केका जोशी कांग्रेसको कार्यकर्ताका रुपमा चिनाउँदै आए पनि कानुनी रुपमा पार्टीबिहीन(जसपा नेपाल) का प्रदीप यादवको पीए भएर फाइदा लिन तल्लीन छन् ।
पार्टी बिभाजन गरी उपेन्द्र यादवबाट अलगिएका प्रदीप अहिले सरकारी खर्चमा देशब्यापी खानेपानीको कार्यक्रम देखाएर संगठन बिस्तारमा ब्यस्त छन् । मन्त्रालयमातहतको नाममात्रको कार्यक्रम राख्ने र बाँकी जसपा नेपालको संगठन बिस्तारमै यादवको ध्यान केन्द्रित हुने गरेको छ । मन्त्रालय र मातहतका निकायको लाखौं रकम सकाएर पार्टी बिस्तारमा मन्त्री केन्द्रित हुँदा मन्त्रालयका काम छायाँमा परेका छन् ।
पार्टी संगठन बिस्तारमा राज्यको बजेट दुरुपयोग हुँदा निजी सचिव जोशीले त्यसलाई शीर्षक मिलाएर खर्च देखाउन मातहतका कार्यालय वा आयोजनालाई भुक्तानी गर्न लगाउँदैआएका छन् । हुम्लाको सामान्य खानेपानीको आयोजनाको उदघाटन लाखौं बजेट हवाईभाडादेखि मन्त्रीको टोलीको ब्यवस्थापनमा खर्च हुने गरेको छ । आयोजना निर्माण हुँदा लागत खर्च भन्दा बढी मन्त्रीको लावालस्करलाई ब्यवस्थापन गर्नमै बढी खर्च हुने गरेको छ ।
मन्त्री यादवलाई अहिले सरकारी बजेटमा देशाटन गर्ने सुनौलो अवसर प्राप्त भएको छ । संघीय खानेपानी आयोजनाका कार्यक्षेत्रमा नपर्ने ठाउँमा गएर पनि मन्त्रीले खानेपानीको अभाव हुन नदिने आश्वासन दिदै हिंड्नुले जनतालाई भ्रमित पारेको छ ।
मन्त्री यादवले सल्लाहकारका रुपमा राखेका अवधेशकुमार दास पछिल्लो समय मन्त्रालयमा कम देखिने, होटल र क्याफेमा ठेकेदार र खानेपानी सम्बद्ध आयोजना प्रमुखहरुलाई भेट्न तल्लीन छन् ।
काठमाडौं । बोरिङ र मोटर जडान गर्ने कार्यका लागि ७ लाख ५० हजार घुस लिने भूमिगत जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय सर्लाहीका डिभिजन...
काठामाडौं । सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ जारी गरी हटाइएकाहरुलाई वालेन्द्र शाह सरकारले धमाधम नियुक्ति दिइरहेको छ । वालेन्द्र शाह प्रधानमन्त्री भएपछि...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को बाचापत्रमा राजनीतिक नियुक्तिमा मेरिटोक्रेसी लागू गर्दै योग्यतमहरुबाट गर्ने उल्लेख छ । तर सरकारले गुठी संस्थानको प्रशासक(सदस्यसचिव)मा विगतका सरकारका पालामा...
काठमाडौं । एक अर्ब भन्दा बढी मूल्य पर्ने काठको अबैध र अनियमित कटान, मुछान, घाटगद्दी र लिलाम गर्ने ३ जनाबिरुद्ध उजुरी परेको र अख्तियार...
काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे नियुक्त भएका छन्। अध्यादेश ल्याएर भूपेन्द्र भण्डारीलाई अध्यक्षबाट पदमुक्त गरिएपछि घिमिरे नै निमित्त अध्यक्षको जिम्मेवारीमा थिए। पछिल्लो मन्त्रिपरिषद्...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend