काठमाडौं । खानेपानी मन्त्रालयका सचिव रामआधार साहलाई सरकारले राष्ट्रिय सतर्कता केन्द्रमा सरुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले सतर्कता केन्द्रका सचिव सुरेश आचार्यलाई खानेपानी मन्त्रालयमा सरुवा गरेको छ ।
त्यसैगरी ऊर्जा सचिवमा सोही मन्त्रालयको सिंचाईतर्फका गोपालप्रसाद सिग्देलको सरुवा भएको छ । सिंचाईमा सुशीलचन्द्र तिवारीलाई ल्याइएको छ । तिवारी जल तथा ऊर्जा आयोगमा थिए ।
कोशी प्रदेशका प्रमुख सचिव डा. दीपक काफ्लेलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सरुवा गरिएको छ ।
पर्यटन सचिव रहेका भरतमणि सुवेदीको सार्वजनिक खरिद अनुगमन कार्यालयमा सरुवा भएको छ । दीपक काफ्ले कोशी प्रदेशबाट १६ महिनामा काठमाडौंमा आउन पाएका छन् । यसअघि मुकुन्द निरौला बागमती प्रदेशमा १७ महिना कार्यकाल बिताएर उद्योगमा सरुवा भएका थिए ।
त्यसैगरी, सचिवमा बढुवा भएकी सेवा लम्साललाई परराष्ट्र मन्त्रालयमा पदस्थापन गरिएको छ ।
मुख्यसचिव बैकुन्ठ अर्यालले परिवारकै दबाबका बाबजुद पनि सरिता दवाडीलाई सिंचाई मन्त्रालयमा पदस्थापन गर्न सकेनन् । दवाडीलाई जल तथा ऊर्जा आयोगमा पदस्थापन गरिएको छ ।
दवाडीलाई सचिवमा बढुवापछि सिंचाईमा पदस्थापन गर्ने अनुमान गरिएको थियो । तर आफन्तलाई बढुवा हुनासाथ मन्त्रालय दिएको आरोप लाग्नसक्ने भएकाले मुख्यसचिव अर्यालले आयोगमा पदस्थापन गरेका छन् ।
सम्राट उपाध्याय नेपालको निजामती प्रशासन मुलुकको शासन व्यवस्था सञ्चालन गर्ने स्थायी सरकार हो । राजनीतिक नेतृत्व आवधिक रूपमा परिवर्तन भइरहने हुनाले नीतिगत निरन्तरता, संस्थागत स्मृति...
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
बीरगञ्ज । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीका हुण्डी कारोबारीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नचलाएको बिषयमा विवादमा परेपछि जिल्ला सरकारी वकिल कार्यालय...
बीरगञ्ज । मुलुकको अर्थतन्त्रलाई खोक्रो पार्ने आर्थिक अपराधका रुपमा अबैध हुन्डी कारोबारलाई लिने गरिएको छ । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी अवैध हुन्डी कारोबारसँग...
कलैया । बाराको फेटा गाउँपालिका–३, फेटाका चार युवाले नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) पदमा सफलता हासिल गरेपछि गाउँमा खुसी छाएको छ । एउटै वडाका चार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend