काठमाडौं । खानेपानी मन्त्रालयका सचिव रामआधार साहलाई सरकारले राष्ट्रिय सतर्कता केन्द्रमा सरुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले सतर्कता केन्द्रका सचिव सुरेश आचार्यलाई खानेपानी मन्त्रालयमा सरुवा गरेको छ ।
त्यसैगरी ऊर्जा सचिवमा सोही मन्त्रालयको सिंचाईतर्फका गोपालप्रसाद सिग्देलको सरुवा भएको छ । सिंचाईमा सुशीलचन्द्र तिवारीलाई ल्याइएको छ । तिवारी जल तथा ऊर्जा आयोगमा थिए ।
कोशी प्रदेशका प्रमुख सचिव डा. दीपक काफ्लेलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सरुवा गरिएको छ ।
पर्यटन सचिव रहेका भरतमणि सुवेदीको सार्वजनिक खरिद अनुगमन कार्यालयमा सरुवा भएको छ । दीपक काफ्ले कोशी प्रदेशबाट १६ महिनामा काठमाडौंमा आउन पाएका छन् । यसअघि मुकुन्द निरौला बागमती प्रदेशमा १७ महिना कार्यकाल बिताएर उद्योगमा सरुवा भएका थिए ।
त्यसैगरी, सचिवमा बढुवा भएकी सेवा लम्साललाई परराष्ट्र मन्त्रालयमा पदस्थापन गरिएको छ ।
मुख्यसचिव बैकुन्ठ अर्यालले परिवारकै दबाबका बाबजुद पनि सरिता दवाडीलाई सिंचाई मन्त्रालयमा पदस्थापन गर्न सकेनन् । दवाडीलाई जल तथा ऊर्जा आयोगमा पदस्थापन गरिएको छ ।
दवाडीलाई सचिवमा बढुवापछि सिंचाईमा पदस्थापन गर्ने अनुमान गरिएको थियो । तर आफन्तलाई बढुवा हुनासाथ मन्त्रालय दिएको आरोप लाग्नसक्ने भएकाले मुख्यसचिव अर्यालले आयोगमा पदस्थापन गरेका छन् ।
काठमाडौं । सम्पत्ति शुद्धीकरणको कसूरमा थुनामा रहेका सुलभ अग्रवालसँग कारोबार देखिएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)बिहीबार पक्राउ गरेकी मृदुला सरियालाई बिरामी नै नभए पनि...
काठमाडौं । बोरिङ र मोटर जडान गर्ने कार्यका लागि ७ लाख ५० हजार घुस लिने भूमिगत जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय सर्लाहीका डिभिजन...
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले पछिल्लो समय उद्योगी–ब्यवसायीलाई छानीछानी भेटिरहेका छन् । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवविना...
काठामाडौं । सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ जारी गरी हटाइएकाहरुलाई वालेन्द्र शाह सरकारले धमाधम नियुक्ति दिइरहेको छ । वालेन्द्र शाह प्रधानमन्त्री भएपछि...
काठमाडौं । स्वास्थ्य उपकरणका ब्यापारी बिशाल पण्डितले संघदेखि प्रदेशसम्मका सरकारी अस्पतालका खरिद र मर्मतमा सिन्डिकेट नै कायम गरेका छन् । त्यो सिन्डीकेट वालेन्द्र शाह...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend