काठमाडौं । खानेपानी मन्त्रालयका सचिव रामआधार साहलाई सरकारले राष्ट्रिय सतर्कता केन्द्रमा सरुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले ७ सचिवको सरुवा गर्दा साह सतर्कतामा पुगेका हुन् । साह गएको जेठ अन्तिममा खानेपानी मन्त्रालयको सचिवमा सरुवा भएका थिए ।
साहको कार्यशैलीलाई लिएर मातहतका कर्मचारीहरु हैरान भएका थिए । सहसचिवदेखि मुनिका कर्मचारीलाई कार्यकक्ष प्रवेशमै रोक लगाएका साहले मन्त्री महिन्द्र राय यादवलाई समेत छल्दै आर्थिक चलखेल गर्ने गरेको आरोप छ । मन्त्री यादवसमेत उनीसँग रुष्ट थिए ।
मन्त्रालयको कर्मचारी प्रशासन महाशाखाको प्रमुखको रुपमा सहसचिव अर्जुन गौतम र सचिवको आर्थिक मोहले गर्दा मेलम्चीको काममा बिलम्ब हुँदै गएको गुनासो प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सम्म पुगेको थियो । त्यतिमात्र होइन, खानेपानी विभाग, काठमाडौं उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन इकाईदेखि सबै मातहतका निकायका प्रमुखसँग सचिवले खुलेआम बजेट हेर्दै प्रतिशत मागेपछि कर्मचारी दिक्क थिए ।
त्यस्तै खानेपानी विभाग र अन्तर्गतका आयोजना प्रमुखदेखि आयोजना कार्यान्वयन निर्देशनालयका र मेलम्ची खानेपानी आयोजनाका प्रमुखहरु सचिवको भाग बुझाउन नसकेर वाक्कदिक्क थिए । काठमाडौंमा पानी पठाउनुपर्ने बेलामा खानेपानी मन्त्रालय भने मर्मत र सुधारका नाममा मेलम्ची खानेपानी आयोजनामा करोडौं बजेट छु्ट्याएर कमिसन खान तल्लीन भएको आरोप लागेका थियो । केही दिनअघि मन्त्री र सचिवको नेतृत्व बास बस्न मेलम्ची खानेपानी आयोजना स्थल पुगेको थियो ।
सचिव साहको कमिसनमोहनबाट सिंचाई मन्त्रालयमा हुँदा भर्याङ उक्लिंदा नै घुस माग्ने गरेको आरोप लागेका मन्त्री यादवसमेत खुसी थिएनन् । उनी पनि सचिव फेर्ने दाउमा थिए ।
सचिव साह गुणस्तर तथा नापतौल विभागको करिब ७ बर्ष महानिर्देशक हुँदा पेट्रोल पम्पमा ठगी मेसिन जडान गरी घुस लिने गरेको आरोपमा पक्राउ नै परेका थिए । तर पछि अदालत सेटिङ गरी उनी छुटेका थिए ।
सम्राट उपाध्याय नेपालको निजामती प्रशासन मुलुकको शासन व्यवस्था सञ्चालन गर्ने स्थायी सरकार हो । राजनीतिक नेतृत्व आवधिक रूपमा परिवर्तन भइरहने हुनाले नीतिगत निरन्तरता, संस्थागत स्मृति...
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
बीरगञ्ज । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीका हुण्डी कारोबारीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नचलाएको बिषयमा विवादमा परेपछि जिल्ला सरकारी वकिल कार्यालय...
बीरगञ्ज । मुलुकको अर्थतन्त्रलाई खोक्रो पार्ने आर्थिक अपराधका रुपमा अबैध हुन्डी कारोबारलाई लिने गरिएको छ । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी अवैध हुन्डी कारोबारसँग...
कलैया । बाराको फेटा गाउँपालिका–३, फेटाका चार युवाले नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) पदमा सफलता हासिल गरेपछि गाउँमा खुसी छाएको छ । एउटै वडाका चार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend