काठमाडौं । संघीय सचिवालय निर्माण तथा ब्यवस्थापन कार्यालयमा ४ बर्षदेखि रजगज गर्दैआएका स्टोरकिपर (नासु) पशुपति पोखरेलको सरुवा भए पनि खरिदमा सेटिङ गर्ने करारका कर्मचारीले खरिदमा सेटिङ गर्दैआएका छन् ।
नेपाल सरकारका अति बिशिष्ट(भीभीआईपी) पदाधिकारी र मन्त्रीहरुको कार्यालय र निवासका सामान खरिद गर्नेदेखि ब्यवस्थापन र मर्मत गर्ने सहरी विकास मन्त्रालय अन्तर्गतको संघीय सचिवालय निर्माण तथा ब्यवस्थापन कार्यालयले गर्दछ । उनीहरुको निवासमा आवश्यक सबै सामान खरिद गर्ने जिम्मा पाएको कार्यालयका कर्मचारीहरुले सप्लार्यसहरुसँग सामान आपूर्ति नै नगरी बिलमात्र पेश गरेर मात्र भुक्तानी गर्ने गरेको आरोप छ ।
संघीय सचिवालयमा सामान आपूर्ति गर्ने कम्पनीहरुसँग डिल गर्ने सबै काम करारकी कर्मचारी सानु खरेलले गर्दैआएकी छन् । करारका कर्मचारीलाई महत्वपूर्ण जिम्मा दिन मिल्दैन । तर ब्यवस्थापन कार्यालयले स्टोरको सामान खरिदको जिम्मेवारी दिएर राखिएको छ । स्टोरकिपर भर्खरै सरुवा भएका नायबसुब्बा सुनिल रोकाय छन् । तर करारमा कार्यरत खरेलले नै स्टोरको कमाण्ड सम्हाल्ने गरेकी छन् ।
करारका कर्मचारीलाई स्टोरजस्तो महत्वपूर्ण जिम्मेवारी दिएकोबारेमा संघीय सचिवालय तथा ब्यवस्थापन कार्यालयका प्रमुख चक्रवर्ती कन्ठले भने–‘स्टोरकिपर नायबसुब्बा रोकाय हुनुहुन्छ । करारका कर्मचारीलाई स्टोरको जिम्मा दिइएको छैन ।’
काठमाडौँ। सप्तकोशी नदीमा यात्रु बोकेको मोटरबोट पल्टिँदा पाँच वर्षीया बालिकासहित तीन जनाको मृत्यु भएको छ। आइतबार दिउँसो दुई बजेतिर भोजपुरको कोप्चेबाट सुनसरीको बराहक्षेत्रतर्फ आउँदै गरेको...
काठमाडौं । विवादित अडियो काण्डमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले पार्टीको अनुशासन आयोगसमक्ष लिखित इन्कारी पत्र बुझाएका छन्। एक महिलासँगको विवादित...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को सुरक्षाका लागि दैनिक १ हजार भन्दा बढी प्रहरी परिचालन हुने भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले एनपीएलकै लागि...
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको छ । सुनको भाउ प्रतितोला ११ हजार ७ सय रुपैयाँले गिरावट आएको हो । नेपाल...
काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष (आव) २०८३–८४ को असोज महिनामा भारततर्फ ५ अर्ब ९२ करोड ५० लाख रुपैयाँ बराबरको विद्युत निर्यात...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend