काठमाडौं । संघीय सचिवालय निर्माण तथा ब्यवस्थापन कार्यालयमा ४ बर्षदेखि रजगज गर्दैआएका स्टोरकिपर (नासु) पशुपति पोखरेलको सरुवा भए पनि खरिदमा सेटिङ गर्ने करारका कर्मचारीले खरिदमा सेटिङ गर्दैआएका छन् ।
नेपाल सरकारका अति बिशिष्ट(भीभीआईपी) पदाधिकारी र मन्त्रीहरुको कार्यालय र निवासका सामान खरिद गर्नेदेखि ब्यवस्थापन र मर्मत गर्ने सहरी विकास मन्त्रालय अन्तर्गतको संघीय सचिवालय निर्माण तथा ब्यवस्थापन कार्यालयले गर्दछ । उनीहरुको निवासमा आवश्यक सबै सामान खरिद गर्ने जिम्मा पाएको कार्यालयका कर्मचारीहरुले सप्लार्यसहरुसँग सामान आपूर्ति नै नगरी बिलमात्र पेश गरेर मात्र भुक्तानी गर्ने गरेको आरोप छ ।
संघीय सचिवालयमा सामान आपूर्ति गर्ने कम्पनीहरुसँग डिल गर्ने सबै काम करारकी कर्मचारी सानु खरेलले गर्दैआएकी छन् । करारका कर्मचारीलाई महत्वपूर्ण जिम्मा दिन मिल्दैन । तर ब्यवस्थापन कार्यालयले स्टोरको सामान खरिदको जिम्मेवारी दिएर राखिएको छ । स्टोरकिपर भर्खरै सरुवा भएका नायबसुब्बा सुनिल रोकाय छन् । तर करारमा कार्यरत खरेलले नै स्टोरको कमाण्ड सम्हाल्ने गरेकी छन् ।
करारका कर्मचारीलाई स्टोरजस्तो महत्वपूर्ण जिम्मेवारी दिएकोबारेमा संघीय सचिवालय तथा ब्यवस्थापन कार्यालयका प्रमुख चक्रवर्ती कन्ठले भने–‘स्टोरकिपर नायबसुब्बा रोकाय हुनुहुन्छ । करारका कर्मचारीलाई स्टोरको जिम्मा दिइएको छैन ।’
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend