काठमाडौं । सहरी विकास तथा भवन निर्माण विभागको महानिर्देशक पदमा नियुक्ति पाउन संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयका प्रमुख कुमार घिमिरेले दोस्रो प्रयास गरेका छन् ।
यसअघि २०७९ माघमा गरिएको पहिलो प्रयास झण्डै झण्डै सफल भइसकेको थियो । अन्तिममा फाइल अड्कियो र प्रयास सफल हुन सकेन । अहिले उनले फेरि अर्को प्रयास सुरु गरेका छन् ।
सहसचिव घिमिरे निकै कमजोर र अपरिपक्व सहचिवका रुपमा चिनिन्छन् । यतिबेला उनी संघीय सचिवलाय तथा निर्माण व्यवस्थापन कार्यालयमा कार्यरत छन् । उनले सचिवालयबाट हुने साना साना काममा पनि कमिसन माग्ने गरेको आरोप छ । यस काममा घिमिरेले सचिवलायका रैथाने नाबयसुब्बा पशुपति पोखरेललाई प्रयोग गरेका छन् ।
२०७९ माघमा सहरी विकासमा विभागीय मन्त्री थिएनन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सहरी हेर्ने गरेका थिए । त्यो बेला सहरीका सचिव सुरेश आचार्य थिए । आचार्यलाई १५ लाख रुपैयाँ बुझाएर कुमारले भवन विभागको डीजीमा नियुक्ति पाउनै लागेका थिए । मन्त्रालय स्रोत भन्छ–त्यो बेला कुमारको फाइल समेत उठिसकेको थियो । यसको सुइँको विभागका वर्तमान डीजी सुरेन्द्रमोहन श्रेष्ठले पाए । उनले तत्कालै आचार्यलाई भेटेर सरुवा रोकाए । सुरेन्द्रको सरुवा रोकिएपछि तत्कालीन सचिव सुरेश आचार्य हुन लागेका डीजी कुमारसँग सम्पर्कमै आएनन् । त्यसपछि फाइल अडकिएको अड्कियै भयो–स्रोत भन्छ ।
आफू भवन विभागको महानिर्देशक नै नभई सरकारी सेवाबाट अवकाश पाउँछु कि भन्ने ठूलो चिन्ता घिमिरेलाई छ । अबको १३ महिना उनको जागिर अवधि छ । त्यतिबेलासम्म उनी सहरी विकास मन्त्रालयमा हुनेछन् । उनले २०८१ माघबाट अवकाश पाउनेछन् । अहिलेसम्म सहरी विकासका वरिष्ठ सहसचिवहरुमा सबैले भवन विभागको महानिर्देशक बन्ने अवसर पाएका छन् । कुमारले डीजी नभई अवकाश पाए भने उनले मन्त्रालयमा नयाँ इतिहास रच्नेछन् । मन्त्रालयका एक कर्मचारी भन्छन्–‘उहाँ (कुमार)सँग डीजी बन्ने कुनै क्षमता छैन । यहाँसम्म कि, विशिष्ट व्यक्तिहरुसँग कुरा गर्ने क्षमतासम्म छैन । कथमकदाचित डीजी हुनुभयो भने विभागका लागि ठूलो दुभाग्र्य हुनेछ । विभागको इतिहासमै सबैभन्दा कमजोर सावित हुनुहुनेछ ।’
विभागको महानिर्देशमा नियुक्ति पाउन घिमिर अहिले दिनहुँजसो मन्त्रालय धाउने गरेका छन । सहरी विकास मन्त्री सीता गुरुङसँग नजिकिन हरेक तरिका अपनाइरहेका छन् । यसका लागि उनले नेपाली कांग्रेसका सभपाति शेरबहादुर देउवाकी पत्नी आरजु देउवा र देउवाका सचिवालयका व्यक्तिसँग पनि नजिकिने प्रयास गरिरहेका छन् ।
सहसचिव घिमिरे पाँचौं नम्बरका सहसचिव हुन । उनीभन्दा बरिष्ठ पदमकुमार मैनाली, रामचन्द्र दंगाल, चक्रवर्ती कण्ठ, नवराज प्याकुरेल बरियतामा अगाडि छन् । मन्त्रालयका अर्का एक कर्मचारी भन्छन्–वरिष्ठतामा पाँचौं नम्बरमा भएपनि क्षमता र काममा भने उनी सबैभन्दा कनिष्ठ नै मानिन्छन् ।
भीआईपीलाई खुुसी पारी सरुवा रोक्दै शक्तिशाली सुब्बा
सहसचिव कुमार घिमिरेका कमिसन सहयोगी पशुपतिले आफ्नो सरुवा रोक्न अर्को तरिका पनि अपनाएका छन् । स्वतन्त्र कर्मचारी नामधारी संगठन खोलेर सिंहदरवारभित्रै गाईजात्रा देखाउने गरेका छन् । आफूले लगाएको ज्याकेटमा माग टाँसेर कर्मचारीको नाममा रमिता देखाउने गरेका छन् । यो तरिका उनलाई उनकै काका नाता पर्ने कर्मचारी नेता भोलानाथ पोखरेलले सिकाएका हन् । ट्रेड युनियन खोलेर नेता भएपछि सरुवा हुनु नपर्ने भएकाले पनि उनले यो तरिका अपनाएका हुन् । पशुपतिको यस्तो हर्कतबारेमा संघीय मामिला मन्त्रालय र सहरी विकास मन्त्रालयका उच्च कर्मचारीहरु राम्रोसँग जानकार छन् ।
पशुपति यस्ता सुब्बा हुन्, सचिवालयलाई उनले सधै दुहुनो गाई बनाएका छन् । मन्त्री निवास तथा विशिष्ट व्यक्तिहरुलाई दैनिक प्रयोग गर्ने सामान उपलब्ध गराउने नाममा पशुपतिले भीआइपीका पारिवारिक सदस्यहरूसँग सम्बन्ध गाँसेका छन् । त्यही सम्बन्धको भरपुर फाइदा उठाउँदै पाँच बर्षभन्दा बढी समयदेखि संघीय सचिवलाय तथा निर्माण व्यवस्थापन कार्यालयको स्टोरको प्रमुखमा बसी अकूत कमाउन सफल भएका छन् ।
आफूलाई मन्त्रालयले सरुवा गर्न खोज्यो कि, भीआइपीका परिवारका सदस्यलाई भन्न लगाएर सरुवा रोक्ने गर्छन् । सचिवालयका एक कर्मचारीले ठोकुवाका साथ भने–‘पशुपतिले एक आर्थिक वर्षमा कम्तीमा २ करोड रुपैयाँ भन्दा बढी त कमाइ नै गर्दछन् ।’ जबकि सुब्बाको तलवले घर खर्च नै पुग्दैन भने उनले २ करोड कमाइ भीआईपीहरुको नाममा खरिद हुने सामानबाटै घुस असुलेर गरेको स्रोत बताउँछ ।
सम्राट उपाध्याय नेपालको निजामती प्रशासन मुलुकको शासन व्यवस्था सञ्चालन गर्ने स्थायी सरकार हो । राजनीतिक नेतृत्व आवधिक रूपमा परिवर्तन भइरहने हुनाले नीतिगत निरन्तरता, संस्थागत स्मृति...
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
बीरगञ्ज । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीका हुण्डी कारोबारीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नचलाएको बिषयमा विवादमा परेपछि जिल्ला सरकारी वकिल कार्यालय...
बीरगञ्ज । मुलुकको अर्थतन्त्रलाई खोक्रो पार्ने आर्थिक अपराधका रुपमा अबैध हुन्डी कारोबारलाई लिने गरिएको छ । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी अवैध हुन्डी कारोबारसँग...
कलैया । बाराको फेटा गाउँपालिका–३, फेटाका चार युवाले नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) पदमा सफलता हासिल गरेपछि गाउँमा खुसी छाएको छ । एउटै वडाका चार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend