Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • संघीय सचिवालयका सहायक कर्मचारीले पनि गर्दछन् सरकारी गाडी दुरुपयोग


    बुधबार, साउन २८ २०८२
    1.5K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाल सरकारका अति बिशिष्ट(भीभीआईपी) पदाधिकारी र मन्त्रीहरुको कार्यालय र निवासका सामान खरिद गर्ने संघीय सचिवालय निर्माण तथा ब्यवस्थापन कार्यालय चर्चामा आइरहने गर्दछ । विगतमा स्टोरकिपरले सामान खरिदमा पारदर्शीता कायम गर्न नसकेकोले सचिवालय विवादमा आएको थियो ।

    नायबसुब्बास्तरका कर्मचारीले सरकारी नम्बर प्लेटको गाडी दुरुपयोग गरेको बिषय पनि मिडियामा आयो । विगतमा नासुले गाडी दुरुपयोग गरेका थिए तर उनी सरुवा भएपछि उक्त गाडी उक्त कार्यालयका प्रमुख चक्रवर्ती कण्ठको सचिवालयमा कार्यरत सहायकस्तरकी उषा राईले प्रयोग गर्दै आएकी छन् ।

    इम्बोस्ड नम्बर राखेपछि बीएए–३७०१ नम्बर कायम भएको उक्त गाडी ललितपुरको सुनाकोठीमा बस्ने राईलाई लिन र पुर्याउन जाने गरेको छ । उपसचिव (कार्यालय प्रमुखबाहेक) ले समेत सरकारी गाडी प्रयोग गर्न कानुनतः पाउँदैन । तर सहायकस्तर(खरिदार) राईले सानका साथ कार्यालय आउन र जान सरकारी गाडी सुविधा प्रयोग गरिरहेकी छन् ।

    सहरी विकास मन्त्रालय अन्तर्गतको संघीय सचिवालय निर्माण तथा ब्यवस्थापन कार्यालयमा संयुक्त राष्ट्रसंघ विकास समिति खारेज भएपछि लगिएका कर्मचारी पनि छन् । राई पनि समिति खारेज भएपछि संघीय सचिवालयमा पुगेकी हुन् । संघीय सचिवालय निर्माण तथा ब्यवस्थापन कार्यालयको प्रमुख चक्रवर्ती कण्ठ छन् । कण्ठको सचिवालयमा राई पीए छन् । कण्ठभन्दा पहिलेका रविन्द्र बोहरा, कुमार घिमिरे, मचाकाजी महर्जन कार्यालय प्रमुख हुँदा पनि उनै पीए थिइन् । यसअघिका कार्यालय प्रमुखले उनलाई गाडी दिएका थिएनन् । तर कण्ठ आएपछि भने उनले गाडी निर्धक्क आउन जानका लागि प्रयोग गरिरहेको सचिवालय स्रोत बताउँछ ।

    उक्त कार्यालयको प्रमुख सहसचिव हुने ब्यवस्था छ । कीर्तिपुरमा क्रिकेट रंगशालाको निर्माणको काम पनि यही कार्यालयले गर्दैआएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार