नेपालफेस डटकम अनलाइनबाट २३ मंसिर, २०८० मा ‘हाजिर नगरी तलब बुझ्ने करोडपति सुब्बा, सुब्बाको अनियमितता रोक्न नसकेपछि हाकिमले नै सरुवा मागे’ , ‘संघीय सचिवालय व्यवस्थापन कार्यालयबाट धमाधम सरुवा हुँदै कर्मचारी’ शीर्षकमा प्रकाशित समाचारको विषयमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ । यस विषयमा हाम्रो कुनै संलग्नता नभएको अवस्थामा त्यहाँ अनलाइनबाट यसरी प्रायोजितरुपमा व्यक्ति र संस्थाको चरित्रहत्या साथै उक्त प्रकाशित समाचारले स्थायी रुपमा रहेको कर्मचारीतन्त्रको संस्थागत नै बदनाम हुने तथा व्यक्तिगत रुपमा मानवअधिकारको हनन भएको समेत महसुस गरेका छौं । उक्त समाचारमा प्रकाशित तपशिलका विषयमा खण्डन गर्दछौं र उक्त खण्डनलाई क्षमायाचना सहित प्रकाशित गर्न अनुरोध गर्दछौं ।
यस संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यलय सानो गौचरणमा नेपाल सरकारको ऐन, नियम र कानून बमोजिम आवश्यक कार्यविधि समेत निर्माण गरी सबै काम कारवाही संस्थागत गर्ने गरेको छ । यहाँ कुनै व्यक्तिगत ढङ्गबाट कार्यलयको काम हुन नसक्ने भएकाले नियमको पालना भएको छ ।
यस कार्यलयमा कुनै व्यक्तिले प्रभाव पार्न नसक्ने र नपारेकाले अनियमितता नभएको ब्यहोरा अनुरोध छ । यस कार्यलयमा कार्यरत नायब सुब्बा, कार्यालय प्रमुख र समग्र कर्मचारीहरुको बदनाम हुनेगरी आर्थिक रुपमा हिनामिना र भ्रष्टाचार गरिएको भनिएको रहेछ कुन हिसावले रु कसरी रु भनिएको हो आर्थिक मामिला कुनै एक पैसा पनि हिनामिना गरेको र फर्जी विल सदर गरेको, कर्मचारीले आरोप लगाएर सरुवा कहाँ मागेकोरु कसलाई लगाएको रु जहाँ यस सम्बन्धी काम समेत भएको छैन ।
निवास हेर्नेले कसरी धम्की दिएको रु कसलाई रु किन रु आयोगले कसलाई मुद्दा लगाएको रु कहिले रु भनेर गलत काम गरेको जस्ता बेतुकका आरोप लगाएको थुप्रै विषय उल्लेख भएको अनुसारका प्रमाण भए पेश गर्न चुनौति दिन चाहन्छौ । यस भन्दा पहिला समेत पटक पटक यस्ता अनर्गल आरोपका समाचारहरुको समेत पुष्टी गर्न थप चुनौती दिन चाहन्छौ । यस कार्यालयले विधिको शासनमा रही लेखा राखने सफट्वेयर स्टोरको पाम्स लगायतका नविनतम प्रविधिको प्रयोग गरी अडिट समेत हुने गर्दछ । साथै कुनै पनि कार्यहरु तहगत रुपमा अगाडि बढ्ने गरेको तथ्य समेत जगजाहेर गराउन चाहन्छांै । यसरी शाखाहरुबाट नियम बमोजिम हुने कामहरुमाथि यस मिडियाबाट अशोभनीय आरोप लगाई कर्मचारीहरुको नैतिक पतन गर्ने गरी संस्थालाई नै आक्षेप लगाएको छ ।
वार्षिक आ।ले।प। म।ले।प। हुने र सबै काम नियम बमोजिम प्रकृयागत रुपमा भएको छ । यसरी झुटा आरोप लगाउने र नाजायज फाइदा खोज्ने कार्यप्रति घोर निन्दा र भर्सना गर्दछौ । लगायतका आरोप पटक पटक भएको र संस्था तथा कर्मचारीलाई चोट पुर्याउने कार्य भएकोले चाँडो प्रमाण पेश गरी पुष्ट्याई नगरेमा कानून बमोजिम हुने व्यहोरा समेत जानकारी गराइन्छ । यस्ता विषय समाचारमा आउनु कपोक्लपित पत्रकारिताको पराकाष्टा हो ।
यदि समाचारमा लेखिएको जस्तो कार्य भए गरेको भए प्रमाणित गर्न चुनौती दिन चाहन्छौ । साथै समाचार राखिएको तस्बीर नायब सुब्बाको र हाम्रो कार्यालयको बिना अनुमति राखिएको छ । पत्रकार आचारसंहिता अनुसार समाचारमा सम्बन्धित पक्षको भनाइलाई स्थान दिनुपर्ने प्रचलित व्यवस्था रहेकाले खण्डन प्रकाशित गर्न अनुरोध छ ।
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने जस्तोसुकै अवैध क्रियाकलाप रोक्न सशस्त्र प्रहरी पूर्णरुपमा प्रतिवद्ध रहेको बताएका छन् । साउन ८ गते...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौ । काठमाडौं महानगरपालिकाको आर्थिक र नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाको प्राविधिक सहयोगमा काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा संचालन गरेको आधारभूत प्राथमिक उपचार...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend