काठमाडौं । सिंहदरबारका कार्यालय र मन्त्रालयहरूमा भवन मर्मत, संरचनागत समस्या र सरसफाइको काम नगरी केवल रङ्गरोगन गर्ने कामलाई राज्यको सम्पत्तिको दोहनका रूपमा लिन थालिएको छ ।
सहरी विकासका विज्ञहरूका अनुसार भवन मर्मत, जीर्ण संरचना मर्मत र सरसफाइपछि मात्र रङ्गरोगन गर्नु उचित हुन्छ । तर संघीय सचिवालय निर्माण तथा ब्यवस्थापन कार्यालयले मर्मत र सरसफाइ नगरी केवल रङ्गरोगनमा ध्यान दिएको देखिन्छ । यसले सरकारी खर्च प्रभावकारी नभएको भन्दै आलोचना भइरहेको छ । रङरोगनमा मात्र ध्यान दिनुको भित्री उद्देश्य कमिसन भएको स्रोत बताउँछ ।
संघीय सचिवालयका प्रमुख चक्रवर्ती कण्ठ र स्टोरकिपर सुनिल रोकायाले कमिसन बढी आउने भएकाले रङ्गरोगनमा ध्यान दिएको आरोप छ । सुनिल रोकायामाथि कार्यालय र सामान जलेपछि पहिलेका अनियमितता मिलाउन जोडदार रुपमा लागेको आरोप छ । लिलाम नगरेको र ल्यापटप लगायत मालसामान हिनामिना गरेको आरोप पनि उनीमाथि छ । उनीमाथि तुरुन्त छानबिन गर्नुपर्ने माग हुन थालेको छ । संघीय सचिवालयका दुई ईन्जिनियर उमेश चौधरी र सिंहदरबार हेर्ने आकृति रिमालमाथि पनि छानबिन हुनुपर्ने आवाज उठेको छ ।
रङ्गरोगन र धुलाई सरफाइमा स्क्वायरफिटमा पैसा खान, कार्पेट धुनै स्क्वायर फिटको २४ रुपैयाँसम्म अनियमितता भएको छ । सोफा, पर्दा, टायलको उस्तै अनियमितता छ । संघीय सचिवालय निर्माण तथा ब्यबस्थापन कार्यालयले सिंहदरबारमा रङ्गरोगन गरेर क्षतिको बिबरण नै लुकाउने काम गरेको आरोप छ ।
जेनजी समूहको प्रदर्शनपछि संघीय सचिवालयमा भएको यस्तो नांगो अनियमिततामा कार्यालय प्रमुख चक्रवर्ती कन्ठलाई कारबाही हुन्छ कि हुन्न भन्ने प्रश्न पनि उठेको छ । यस्तो अनियमिततापूर्ण काममा समेत भुक्तानी दिएर कमिसन खानेहरुमाथि छानबिन गर्न माग भइरहेको छ ।
सिंहदरबार र मन्त्री निवास भैंसेपाटीको सरसफाइमा मनलाग्दी आफूनिकट सप्लायर्स केपी चौलागाईं प्रयोग गरेर ठूलो भ्रष्टाचार गरेको आरोप इन्जिनियर उमेश चौधरी र स्टोरकिपर सुनिल रोकायामाथि लागेको छ । जलेका, सरसफाइ र बाँकी रहेका कार्पेट, सोफा, टायल लगायतको धुलाईमा खर्च भएको देखाएर बजेट चाँडै सकाउने काम भइरहेको छ । स्रोत भन्छ– संघीय सचिवालयका इन्जिनियर उमेश चौधरी, आकृति, स्टोरकिपरका साथै हाकिम नै मै हुँ भन्ने कर्णकी पीए उषा राईले दशैं खर्चको जोहो गरेर ब्रम्हलुट गरेका छन् । बजेट छ भनेर जथाभावी काम गराइरहेका छन् । उनीहरुकै मिलेमतोमा सिहदरबारमा रङ्गरोगन भइरहेको छ । उता मन्त्रीनिवास र बालुवाटार सरसफाइका नाममा पनि अनियमितता भइरहेको छ ।
नयाँ सप्लायर्ससँग सेटिङ मिलाएर ल्याएर सर्वोच्च अदालतका न्यायाधीश निवास पुल्चोकमा जथाभावी मालसामान दिंदै दिइएको छ । सचिवालयको गाडी नायबसुब्बास्तरकी युएन पार्कबाट आएकी पीए राईले प्रयोग दुरुपयोग गरिरहेको आरोप छ ।
राईले आवश्यक चिट्ठीपत्र लुकाउने गरेकी छन् भने अनावश्यक लाभ हुने खालका हतार हतार हाकिम कण्ठलाई नै प्रभावमा पारी कार्य गराउँदैआएकी छन् । यस्तो बेथिति टुलुटुलु हेर्न नसकेपछि सीडीई कृतिकान्त शाह त्यहाँ गएको ७ महिनामै सरुवा मागेर हिंडेका थिए । लेखाका उपसचिव पनि सरुवा मागेर हिंडेका छन् । यो समूहका कारण संघीय सचिवालय र शहरी विकास मन्त्रालयकै प्रतिष्ठामा आँच पुगेको छ ।
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले पछिल्लो समय उद्योगी–ब्यवसायीलाई छानीछानी भेटिरहेका छन् । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवविना...
काठमाडौं । स्वास्थ्य उपकरणका ब्यापारी बिशाल पण्डितले संघदेखि प्रदेशसम्मका सरकारी अस्पतालका खरिद र मर्मतमा सिन्डिकेट नै कायम गरेका छन् । त्यो सिन्डीकेट वालेन्द्र शाह...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को बाचापत्रमा राजनीतिक नियुक्तिमा मेरिटोक्रेसी लागू गर्दै योग्यतमहरुबाट गर्ने उल्लेख छ । तर सरकारले गुठी संस्थानको प्रशासक(सदस्यसचिव)मा विगतका सरकारका पालामा...
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपाल मेडिकल काउन्सिलको रजिष्टारमा निमित्तमाथि निमित्त तोकेको छ । अध्यादेशबाट पदाधिकारीबिहीन भएको काउन्सिलको अध्यक्षदेखि रजिष्टार नियुक्ति हुन...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बाचापत्रमा नातावाद र कृपावादको समूल अन्त्य गर्दै कर्मचारी सरुवा, बढुवा र नियुक्तिमा मेरिटोक्रेसी लागू गर्ने उल्लेख छ ।...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend