Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मुख्यसचिव बैकुन्ठ अर्यालबिरुद्ध भ्रष्टाचार मुद्दा दायर गर्दै अख्तियार


    आइतबार, असार १० २०८१
    2.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ठूला भ्रष्टाचारमा एकपछि अर्को मुद्दा दायर गरिरहेको छ ।

    ललिता निवास, वाइडबडी खरिद, सेक्युरिटी प्रिन्टिङ प्रेस, नेशनल पेमेन्ट गेटवे खरिद जस्ता ठूला भ्रष्टाचारका मुद्दा दर्ता गरिसकेको अख्तियारले मुख्यसचिव डा. बैकुण्ठ अर्यालसहितका केही उच्चपदस्थ अधिकारीविरुद्ध आइतबार विशेष अदालतमा मुद्दा दायर गर्ने तयारी गरेको छ ।

    मुख्यसचिव बैकुन्ठ अर्यालले संचार तथा सूचना प्रविधि मन्त्रालयको सचिव हुँदा दूरसंचार प्राधिकरणबाट टेरामक्स खरिद गर्ने निर्णय गरेका थिए भने टेलिकमको बिलिङको म्यादथप लगायतका धेरै कुरामा उनी जोडिएका छन् ।

    सञ्चार सचिव हुँदा उनले गरेका यिनै निर्णयकै कारण राज्यलाई ठूलो हानीनोक्सानी भएकाले आयोगले मुद्दा दायर गर्न लागेको आयोग स्रोतले बताएको छ । अख्तियारले मुख्यसचिव लगायतका उच्चपदस्थ अधिकारीबिरुद्ध मुद्दा दर्ता गर्न लागेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार