Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • प्रतिनिधिसभाको बैठक बस्न ढिलाइ


    शुक्रबार, बैशाख २८ २०८१
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । प्रतिनिधिसभाको बैठक समयमा शुरु हुनसकेको छैन । आज दिउँसो दुई बजे बस्ने तालिका रहेकोमा दलहरुबीच सहमति नभएपछि बैठक अझै सुरु हुनसकेको छैन ।

    कार्यव्यवस्था परामर्श समितिको बैठक बस्न नसक्दा बैठक बस्न ढिला भएको बताइएको छ ।

    उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई आजको बैठकमा बोल्न दिने वा नदिने भन्ने सहमति दलहरूबीच नजुट्दा कार्यव्यवस्था परामर्श समितिको बैठक बस्नसकेको छैन ।

    अहिले सभामुख देवराज घिमिरेले विभिन्न दलका नेताहरुसँग छलफल गरिरहेको बताइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार