Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सुनचाँदीको मूल्य बढ्यो, तोलाको कति पुग्यो ?


    बुधबार, बैशाख १२ २०८१
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ ।

    नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ५ सयले बढेर १ लाख ३६ हजारमा कारोबार भइरहेको छ ।

    त्यस्तै तेजावी सुनको मूल्य तोलाको १ लाख ३५ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ ।

    यसअघि मंगलबार छापावाल सुन तोलाको एक लाख ३५ हजार ५ सयमा कारोबार भएको थियो भने तेजावी सुन तोलाको एक लाख ३४ हजार ८५० मा कारोबार भएको थियो ।

    त्यसैगरी आज चाँदीको मुल्य पनि बढेको छ । महासंघका अनुसार आज चाँदीको मुल्य तोलामा १०  रुपैयाँले बढेर प्रतितोला १६ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि मंगलबार चाँदी तोलाको १६ सय ६० मा कारोबार भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार