काठमाडौं । उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी स्वच्छ छविका र क्षमतावान मानिन्छन् । यसअघि अर्थराज्य मन्त्री चलाएर अर्थप्रशासन बुझेका, ४२ दिन उद्योग मन्त्रालय चलाएका, उद्योग प्रशासन बुझेका उनको क्षमताको कदर गर्दै एमालेका अध्यक्ष केपी शर्मा ओलीले उक्त जिम्मेवारी दिएका हुन् । तर मन्त्रालय सम्हालेको १६ दिन बितिसक्दा पनि मन्त्रालयका केही महाशाखा बाहेक अन्यत्रको ब्रिफिङ लिन सकेका छैनन् । ब्रिफिङ नलिंदै मन्त्री भण्डारीलाई मन्त्रालय र सचिवालयको संयन्त्रले सरुवामा विवादमा पार्न खोजेको छ ।
निजी सचिवका रुपमा काम गर्न आएका उपसचिव विवेक घिमिरे र मन्त्रालयकी सहसचिव चन्द्रकला पौडेलको डिजाइनमा मन्त्रालयभित्र र अन्तर्गतका सरुवा गरिएको छ । सुदूरपश्चिमका नेता तथा कर्मचारीहरुले सोही क्षेत्रका कर्मचारीलाई निजी सचिवमा राख्नका लागि सुझाव दिए पनि भण्डारीले उपसचिव घिमिरेलाई निजी सचिवका रुपमा बाध्यताले राख्नुपरेको छ । एमाले अध्यक्ष ओलीको निर्देशनमा घिमिरे उद्योग मन्त्रीको निजी सचिव बन्न पुगेका हुन् ।
भण्डारीले आफ्नै क्षेत्रका कर्मचारीलाई निजी सचिवालयमा राख्न खोजे पनि बालकोटको निर्देशनले उनले घिमिरेलाई राख्नुपरेको बताइन्छ । उपसचिव घिमिरे ओली प्रधानमन्त्री हुँदा सचिवालयमा कार्यरत थिए । सोही आधारमा उनी ओलीका निकट हुन पुगेका थिए । घिमिरेले आफ्ना प्रियपात्रका रुपमा उपसचिव लीलाधर अधिकारी र घनश्याम सुवेदीलाई मन्त्रालयको कोरटिममा राखेका छन् । अहिले उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयमा मन्त्री भण्डारीको भन्न्दा पनि घिमिरे, अधिकारी र सुवेदीको बोलावाला देखिएको छ । अधिकारीको विगतको छवि विवादस्पद र अवसरवादी प्रबृत्तिको रहेको छ ।
एमाले नेता खगराज अधिकारीका निकट दाबी गर्ने उनी उनी गण्डकीको मुख्यमन्त्री हुँदा निजी सचिव थिए । खगराज मुख्यमन्त्रीबाट हटेपछि उद्योग मन्त्रालय प्रवेश गरेका अधिकारीलाई यसअघिका मन्त्री रमेश रिजालले पनि राष्ट्रिय उत्पादकत्व तथा आर्थिक विकास केन्द्रको महाप्रबन्धकको समेत जिम्मेवारी दिएका थिए । तर महाप्रबन्धकको पाउनेजति सुविधा सबै लिएर दिनभर मन्त्रालय र नेताहरुको चाकडीमा बिताएको आरोप छ । संस्थाको प्रगतिको लागि सिन्कोसमेत नभाँची उनले समय गुजार्दैआएका छन् ।
उपसचिव अधिकारीले एकपछि अर्को अवसर पाउँदै आएका छन् । उनी यसअघि शाखा अधिकृत हुँदा जेनेभामा अमेरिकी डलर सुविधा पाउने मौकासमेत पाइसकेका कर्मचारी हुन् । तिनै पात्रलार्ई घिमिरेले कोरटिममा राखेका छन् । उपसचिव घनश्याम सुवेदी बाणिज्य विभागबाट मन्त्रालयको कर्मचारी प्रशासन शाखाको प्रमुखमा ल्याइएका छन् । स्रोतका अनुसार उद्योग सचिव मुकुन्द निरौलालाई दबाब दिएर घिमिरेले सुवेदी र अधिकारीलाई महत्वपूर्ण जिम्मेवारी दिन लगाएका हुन् । स्रोत भन्छ, यसबारेमा मन्त्री भण्डारीसमेत अनभिज्ञ छन् । अहिले उद्योग मन्त्रालयमा घिमिरे, सुवेदी र अधिकारीको एक किसिमको आतंक जस्तै छ । त्यसमा थपिएका छन्, हालसम्म स्वकीय सचिव नियुक्त नभएका लोकेन्द्र भण्डारी ।
मन्त्री भण्डारीले लोेकेन्द्रलाई स्वकीय सचिवालयमा नियुक्ति गरेको रेकर्ड देखिंदैन । तर उनी मन्त्रीको सचिवालयको कर्मचारी भन्दै खटनपटनमा अग्रसर हुने गरेका छन् । बैतडीको पाटन नगरपालिकाका पूर्ववडाध्यक्ष समेत हुन् । उनी एमालेनिकट युवासंघ नेपालका सचिवालय सदस्य हुन् । अहिलेसम्म स्वकीय र निजी सचिवालयमा नियुक्त नगरे पनि स्वकीय र निजी सचिवालयको हुँ भन्दै भन्दै मन्त्रालय र मातहतका कार्यालयमा त्रसित बनाउने क्रम भने सुरु भइसकेको छ ।
सुशासनको वकालत गर्ने मन्त्री भण्डारीकै कार्यकक्ष अगाडि रहेका उपसचिव हरि पँगेनीलाई २ महिनामै बाणिज्य कार्यालय बीरगंजमा सरुवा गरिएको छ । घिमिरेको दबाबमा खेदिएका पँगेनी उद्योग विभागबाट १७ महिनामै मन्त्रालयमा सरुवा भएका थिए । मन्त्रालय आएको २ महिनामै उनलाई मन्त्रीको कार्यकक्ष अगाडिबाटै पुनः बीरगंज धपाइएको छ । स्याङ्जा घर भएकै कारण सहसचिव चन्द्रकलाले पँगेनीलाई थमौती गर्न जोडबल गरिरहेको स्रोतको दाबी छ । गएको बैशाख २६ गते मन्त्रिपरिषदबाट स्वीकृत ‘नेपाल ब्यापार एकीकृत रणनीति २०८०–०८४’ स्वीकृत भयो ।
उक्त रणनीतिमा उद्योग ब्यापारको खस्कंदो अवस्थालाई सुधार गर्न मन्त्रालयमा कार्यरत कर्मचारीहरुलाई ५ बर्षसम्म सरुवा नगर्ने नीति अपनाइने उल्लेख छ । तर हरेक मन्त्री र सचिवको ध्यान भने अवधि नपुगी कर्मचारी सरुवा गर्ने, आफ्ना विश्वासपात्रलाई ल्याउने काम हुँदैआएको छ । नवनियुक्त उद्योग मन्त्री भण्डारीले विगतकै परम्परालाई निरन्तरता दिएका छन् । जसका कारण उक्त कागजमै सीमित हुन पुगेको छ ।
सचिव निरौला र मन्त्रीको सचिवालयबाट सरुवाका लागि टिपाइएको सूचीमा उद्योग विभागका उपसचिव मनोज रेग्मी र शंकर धामीको नाम थियो । तर सहसचिव बाबुराम गौतमले रेग्मीको कुनै पनि हालतमा सरुवा गर्नु नहुने अडान लिंदा तत्काललाई उनको सरुवा टरेको छ । सहसचिव गौतम र उपसचिव रेग्मी नातासम्बन्धभित्रकै भएको बताइन्छ ।
मन्त्रालयमा सरुवा लगायतका बिषयमा मन्त्री भण्डारीलाई समेत गुमराहमा पारिएकोबारेमा उपसचिव विवेक घिमिरेले सुरुमा सरुवा नभएको बताए । उपसचिवद्वय घनश्याम सुवेदी र लीलाधर अधिकारीको सरुवाबारे जिज्ञासा राख्दा उनले भने–‘तीन जना कर्मचारीको शाखा परिवर्तन भएको हो ।’
सुयोग शर्मा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा बिपद ब्यवस्थापन सम्बन्धी बृहत् छलफल संवाद कार्यक्रम मिनी कुम्भमेला आयोजना गरिएको थियो । जसमा पूर्व महानिर्देशक, सचिव, पूर्व...
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले सचिव डा. विकास देवकोटाको आडमा मन्त्रालयमा बर्षौदेखि रजगज गर्दैआएका, सेटिङ र डिलिङमा संलग्न कर्मचारीहरुलाई सरुवा...
काठमाडौ । आकर्षक मानिने उपत्यकाका नापी कार्यालयमा थमौती हुन र सरुवा हुन दुई प्रमुख नापी अधिकृत (उपसचिव)ले अस्वभाविक चलखेल गरेको पाइएको छ । उपत्यकाका नापी...
काठमाडौं । भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम हुने अपेक्षाका साथ राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)लाई अभूतपूर्व जनमत प्राप्त भयो । जनताको अपार समर्थनमा वालेन्द्र शाह नेतृत्वको...
काठमाडौं । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) मा वैज्ञानिक कर्मचारीको तलब संरचनामा देखिएको गम्भीर असमानताले वैज्ञानिक समुदायमा असन्तुष्टि बढ्दै गएको छ । एउटै संस्थामा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend