काठमाडौं । विश्वकप क्रिकेट जित्न भारतले अस्ट्रेलियालाई २४१ रनको लक्ष्य दिएको छ । अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारत ५० ओभरमा २४० रनमा अलआउट भएको हो ।
भारतका लागि विराट कोहली र केएल राहुलले अर्धशतकीय पाली खेले । कोहलीले ५४ र राहुलले ६६ रन बनाए ।
कप्तान रोहित शर्माले ४७ रन जोडे भने सुभमन गिल र श्रेयस अय्यर केवल ४ रन जोडेर आउट भए । सूर्यकुमार यादवले पनि १८ रनमात्र जोड्न सके ।
पहिलो विकेटका लागि ३० रनको साझेदारी गरेको भारत ५ रनको अन्तरमा दुई विकेट गुमाएपछि ८१.३ को स्थितिमा पुगेको थियो । त्यसपछि कोहली र राहुलले चौथो विकेटका लागि ६७ रनको साझेदारी गरेका थिए । भारतले १४८ रन जोड्दा चौथो विकेटका रुपमा कोहलीलाई प्याट कुमिन्सले आउट गरेका थिए ।
त्यसपछि भारतले पाँचौं विकेटका लागि ३० र छेटौं विकेटका लागि २५ रनको साझेदारी गरेको थियो । २०६ रन जोड्दा राहुल छैटौं विकेटका रुपमा आउट भएपछि भारत त्यसपछि लगातार दबाबमा आयो । राहुललाई मिचेल स्टार्कले आउट गरेका थिए ।
अस्ट्रेलियाका मिचेल स्टार्कले ३ विकेट लिए । कप्तानसमेत रहेका प्याट कुमिन्स र जोस हेजलउडले पनि समान २ विकेट हात पारे । ग्लेन म्याक्सवेल र एडम जाम्पाले एकएक विकेट लिए ।
काठमाडौं । बिचौलिया ब्यापारीको सेटिङमा आकर्षक भन्सार कार्यालयका प्रमुखको सरुवा हुने विगतको परम्परा वालेन्द्र शाह नेतृत्वको सरकारमा पनि कायमै रहेको खुलासा भएको छ ।...
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलमा लुम्बिनी लायन्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय(टीयू) क्रिकेट...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन गरेका छन्। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानमा प्रधानमन्त्री शाहले प्रतियोगिताको उद्घाटन...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को सुरक्षाका लागि दैनिक १ हजार भन्दा बढी प्रहरी परिचालन हुने भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले एनपीएलकै लागि...
सम्राट उपाध्याय नेपालको निजामती प्रशासन मुलुकको शासन व्यवस्था सञ्चालन गर्ने स्थायी सरकार हो । राजनीतिक नेतृत्व आवधिक रूपमा परिवर्तन भइरहने हुनाले नीतिगत निरन्तरता, संस्थागत स्मृति...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend