Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • विश्वकप क्रिकेटका लागि पाकिस्तानी टोलीको घोषणा


    शनिबार, असोज ६ २०८०
    1.8K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । विश्वकपका लागि पाकिस्तान क्रिकेट बोर्ड अर्थात पीसीबीले टोली घोषणा गरेको छ । अक्टोबर ५ बाट विश्वकप क्रिकेट सुरु हुँदैछ ।

    एसिया कपको खेलमा घाइते भएका नसिम शाहको स्थानमा हसन अलीलाई टोलीमा स्थान दिइएको छ । पीसीबीले नसिम शाह तीनदेखि चार महिनामा निको हुने अपेक्षा गरेको छ ।

    टोलीका मुख्य चयनकर्ता इन्जमाम उल हकले भने, ‘विश्वकप कुनै पनि क्रिकेटरको जीवनमा सबैभन्दा विशेष घटना हो । उत्कृष्ट खेलको आधारमा टिममा पर्न सफल सबै खेलाडीहरुलाई हार्दिक बधाई । टोलीले पछिल्ला केही वर्षमा उत्कृष्ट प्रदर्शन गरेको छ। त्यसैले हामीले यो टोलीमाथि विश्वास व्यक्त गरेका छौं।

    पाकिस्तानी टोलीमा बाबर आजम (कप्तान), शादाब खान (उपकप्तान), अब्दुल्लाह शफिक, फखर जमान, हरिस रउफ, हसन अली, इफ्तिखार अहमद, इमाम-उल-हक, मोहम्मद नवाज, मोहम्मद रिजवान (विकेट किपर), मोहम्मद वसीम, सलमान अली आगा, साउद शकील, शाहीन शाह अफ्रिदी रओसामा मीर छन् ।

    पाकिस्तानले आफ्नो पहिलो खेल ६ अक्टोबरमा नेदरल्याण्ड्ससँग खेल्नेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार