काठमाडौं । नवनियुक्त प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठसमक्ष लामो समयदेखि रिक्त रहेको न्यायाधीशको दरबन्दी पदपूर्ति पहिलो जिम्मेवारी रहेको छ । राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएर मंगलबार पदभार ग्रहण गरेसँगै प्रधानन्यायाधीश श्रेष्ठसमक्ष जिल्ला, उच्च र सर्वोच्च अदालतमा लामो समयदेखि रिक्त न्यायाधीश पदपूर्तिका प्रक्रिया तत्काल अघि बढाउनुपर्ने कार्यभार सामुन्ने आएको छ ।
लामो समयसम्म सबै तहका अदालतमा न्यायाधीश नियुक्तिको प्रक्रिया अघि बढ्न सकेको छैन । संसदीय सुनुवाइमा श्रेष्ठले आफू प्रधानन्यायाधीश भएपछि सबैभन्दा पहिले सबै अदालतमा रिक्त रहेका न्यायाधीशहरूको दरबन्दी पूर्तिका लागि बुधबारदेखि नै प्रक्रिया अघि बढाइने बताएका थिए ।
सर्वोच्च, उच्च र जिल्ला अदालतमा दरबन्दीअनुसार न्यायाधीश नहुँदा न्याय सम्पादन प्रभावित बन्दै आएको छ । यस अवस्थामा सर्वोच्च अदालतले नयाँ नेतृत्व पाएको हो । संसदीय सुनुवाइ समितिले सोमबार नै प्रधानन्यायाधीशमा नियुक्तिका लागि श्रेष्ठको नाम अनुमोदन गरेको थियो ।
न्यायपरिषद्का अनुसार सर्वोच्च अदालतमा सात, उच्च अदालतमा ५४ र जिल्ला अदालतमा समेत ४० भन्दा बढी न्यायाधीशको पद रिक्त छ । यसले गर्दा दिपायल उच्च अदालतबाहेक सर्वोच्च अदालतमा सातका साथै अन्य सबै उच्च अदालत कामुको भरमा सञ्चालन हुँदै आएको छ ।
असोजमा सर्वोच्चका न्यायाधीश अनिल सिन्हा र फागुनमा ईश्वरप्रसाद खतिवडाले अवकाश पाउँदै छन् । पहिलेजस्तै नियुक्तिमा ढिलाइ भए खतिवडाको अवकाशपछि सर्वोच्चमा न्यायाधीशको संख्या घटेर १२ मा झर्नेछ । त्यतिबेला कुल इजलास संख्याको आधा मात्रै न्यायाधीश रहने अवस्था आउँछ ।
संविधानको धारा १३६ बमोजिम सर्वोच्च अदालत र मातहतका अदालत, विशिष्टीकृत अदालत वा अन्य न्यायिक निकायहरूको न्याय प्रशासनलाई प्रभावकारी बनाउने अन्तिम जिम्मेवारी प्रधानन्यायाधीशको हुने उल्लेख गरिएको छ ।
प्रधानन्यायाधीश नै न्यायपरिषद्को अध्यक्ष हुने भएकोले न्यायाधीश नियुक्तिको प्रक्रिया अघि बढने अपेक्षा गरिएको हो । परिषद्मा प्रधानन्यायाधीश अध्यक्ष, सर्वोच्चका वरिष्ठतम न्यायाधीश, संघीय कानुनमन्त्री र दुईजना वरिष्ठ अधिवक्ता सदस्य रहने व्यवस्था छ । यो समाचार नेपाल समाचारपत्रमा छ ।
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
काठमाडौं । काठमाडौं महानगरपालिका–३० का लेखा अधिकृत (छैटौं) उद्धव भट्टराई घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले भट्टराईलाई २१ हजार...
विराटनगर । विराटनगर विमानस्थलबाट ६ लाख ६५ हजार रुपैयाँ नगदसहित राष्ट्रपति चुरे तराई–मधेश संरक्षण विकास समिति मोरङका कार्यालय प्रमुख मिक्मार तामाङ पक्राउ परेका छन्...
काठमाडौं । सिरहामा गोली चलेको छ । सिरहाको लहानमा लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले गोली प्रहार गरी ६ जनालाई नियन्त्रणमा लिएको छ। बिहीबार लहान नगरपालिका वडा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend