Nepal Face
  • आइतबार, १० साउन २०८३
  • विश्वम्भरप्रसाद श्रेष्ठ प्रधानन्यायाधीश नियुक्त


    सोमबार, भाद्र ४ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठ नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार साँझ श्रेष्ठलाई प्रधानन्यायाधीशमा नियुक्त गरेका हुन् ।

    राष्ट्रपति पौडेलले संविधानको धारा १२९ को उपधारा (२) बमोजिम कामु प्रधानन्यायाधीश श्रेष्ठलाई प्रधानन्यायाधीशमा नियुक्त गरेको राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

    यसअधि सोमबार संसदीय सुनुवाइ समितिले श्रेष्ठलाई प्रधानन्यायाधीश पदका लागि अनुमोदित गरेको थियो । गत साउन १८ गते बसेको संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीशका लागि श्रेष्ठको नाम सिफारिस गरेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार