Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • विश्वम्भरप्रसाद श्रेष्ठलाई कामु प्रधानन्यायाधीशको जिम्मेवारी


    आइतबार, साउन २१ २०८०
    1.9K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। न्यायपालिकाको नेतृत्व आजदेखि कायममुकायम प्रधानन्यायाधीशका रुपमा सर्वोच्च अदालतमा वरिष्ठतम् न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले सम्हालेका छन् । प्रधानन्यायाधीश हरिकृष्ण कार्की साउन २० गतेदेखि सेवा निवृत्त भएपछि श्रेष्ठले आइतबारबाट नेतृत्व सम्हालेका हुन् ।

    आइतबार पदबहालीका क्रममा कामु प्रधानन्यायाधीश श्रेष्ठले संविधान र कानुनका आधारमा सेवाग्राहीको हितलाई हेरेर चुस्तदुरुस्त तरिकाले काम गर्न निर्देशन दिए ।

    उनले सेवाग्राहीले महसुस हुने गरी छिटो मुद्दा फछ्र्यौट गर्न आगामी दिनमा चाल्ने कदमका बारेमा न्यायाधीशहरुसँग छलफल गरेर तत्कालीन र दीर्घकालीन गर्न कामहरु तय गर्ने बताए ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार