Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रधानन्यायाधीश श्रेष्ठ भने – उच्च र जिल्ला न्यायाधीश नियुक्तिका लागि भोलिदेखि नै पहल थाल्छु 


    मंगलबार, भाद्र ५ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले भोलिदेखि नै उच्च र जिल्ला न्यायाधीश नियुक्तिको प्रक्रिया थाल्ने बताएका छन् । आज राष्ट्रपतिबाट शपथ ग्रहण गरेलगत्तै पदबहाली गरेका श्रेष्ठले यस्तो बताएका हुन् ।

    उनले अब आफ्नो ध्यान छिटोछरितो न्याय प्रवाह गर्नतर्फ जाने पनि बताए । त्यसका लागि उनले न्यायपालिका बाहेकका अन्य निकाय र सरोकारवालाहरुले पनि त्यतिकै सहयोग र समन्वय गर्न जरुरी रहेको बताए ।

    उनले भने, ‘म आशा गर्छु अपिल पनि गर्छु सरोकारवाला निकायले पनि छिटो छरितो न्याय दिने काममा न्यायपालिकालाई सहयोग गर्नुस् । आवस्यक्ता पूर्ति गर्दिनुस्’,

    आफ्नो कार्यकालमा सबैको साथ र सहयोग रहनेमा विश्वास व्यक्त गर्दै उनले न्यायपालिकामा न्यूनतम भन्दा न्यूनतम बजेट नपाउँदा कर्मचारीहरुलाई उत्प्रेरणा दिन र भरथेग गर्न नसकिएको उनको भनाइ छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार