काठमाडौं । जनमत पार्टीले बारा क्षेत्र नम्बर–२ को उपनिर्वाचनमा उमेदवार बनेका शिवचन्द्र कुशवाहलाई पार्टीको निती नियम अनुसार नचलेको आरोप लगाउँदै पार्टीबाट निष्कासन गरेको छ ।
पार्टी अनुशासनविपरीतका काम गरेको र नेतृत्वविरुद्ध लागेको भन्दै कुशवाहलाई साधारण सदस्य समेत नरहने गरी कारबाही गरिएको केन्द्रीय अनुशासन समितिका प्रमुख दीपककुमार साहले जानकारी दिए ।
यस्तै, सप्तरीका गुलाब मण्डललाई मन्दिर व्यवस्थापन समितिको निर्वाचनमा ‘बागी’ उमेदवारी दिएको आरोपमा एक वर्षका लागि पार्टी सदस्यबाट निलम्बन गरिएको छ ।
सप्तरीकै शंकर खड्कालाई विद्यालय व्यवस्थापन समितिको निर्वाचनमा ‘बागी’ उमेदवारी दिएर असहयोग गरेको आरोपमा एक वर्षका लागि पार्टीबाट निलम्बन गरिएको छ ।
रुपन्देहीका भोपेन्द्र यादवलाई केन्द्रको निर्देशन उल्लंघन गरेको र गुटबन्दी गरेको भन्दै केन्द्रीय सचिवालयबाट तीन महिनाका लागि निलम्बन गरिएको छ ।
कपिलवस्तुका भगवानदास यादवलाई पार्टी बैठकमा होहल्ला गरेको भन्दै एक वर्षसम्म सदस्यता निलम्बन गरिएको छ ।

काठमाडौं । जापानका लागि प्रस्तावित राजदूत जिज्ञान कुमार थापाबारे निर्णय लिन संसदीय सुनुवाइ समितिको बैठक बोलाइएको भएको छ । सुनुवाइ समितिको सचिवालयका अनुसार प्रस्तावित राजदूत...
काठमाडौं । चर्चित टिकटककर तथा तुलसा कलेक्सनकी सञ्चालक तुलसी अधिकारी (तुल्सा) लाई थुनामुक्त गर्न उच्च अदालत पाटनले अस्वीकार गरेको छ । आपराधिक लाभ, संगठित अपराध...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सभामुख डोलप्रसाद अर्यालसँग भेटवार्ता गरेका छन्। बुधबार प्रधानमन्त्री बालेन्द्र शाहसँग लामो छलफल गरेका लामिछानेले आज बिहीबार दिउँसो सभामुख...
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूले शपथ लिएका छन्। पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा सभापति गगन थापाले पदाधिकारी र...
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले अस्पतालको सरसफाइ, शय्या उपलब्धता, बिरामीको प्रतीक्षा समय न्यूनीकरण र स्वास्थ्य सेवाको गुणस्तर सुधारलाई प्राथमिकतामा राख्दै...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend