Nepal Face
  • शुक्रबार, १४ कार्तिक २०८३
  • संवैधानिक इजलास गठन र बिचौलियाको सक्रियताप्रति सर्वोच्च बारको गम्भीर आपत्ति


    शुक्रबार, कार्तिक १४ २०८३
    55
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । सर्वोच्च अदालत बार एशोसिएशनले न्यायपालिकाप्रति आम नागरिकको दृष्टिकोण नकारात्मक हुँदै गएको भन्दै चिन्ता व्यक्त गरेको छ ।

    बारका सचिव रमणकुमार कर्णले विज्ञप्ति जारी गर्दै संवैधानिक इजलास गठनमा देखिएको विवाद, न्यायिक काममा बाह्य प्रभाव र न्याय सम्पादनमा बिचौलियाको सक्रियताले न्यायपालिकाको संस्थागत विश्वसनीयता र जनआस्थामा ह्रास आएको जनाएका हुन् ।

    विज्ञप्तिमा सर्वोच्च अदालत तथा मातहतका अदालतमा लामो समयदेखि रिक्त न्यायाधीश पदपूर्ति हुन नसकेको र संवैधानिक इजलास नियमित सञ्चालन हुन नसकेकोप्रति पनि असन्तुष्टि जनाइएको छ ।

    बारले संवैधानिक इजलासमा गोला प्रणालीबाट चार जना न्यायाधीश छनोट गरी प्रधानन्यायाधीशसहितको इजलास गठन गर्न माग गरेको छ । साथै पछिल्लो समय प्रधानन्यायाधीश र न्यायाधीशबारे सार्वजनिक भएका समाचार तथा अभिव्यक्तिका विषयमा निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न सम्बन्धित निकायसँग माग गरेको छ ।

    न्यायपालिकाभित्र असक्षमता र भ्रष्टाचारप्रति शून्य सहनशीलताको नीति अपनाउन तथा न्यायाधीशहरूको सम्बन्ध, सम्पर्क, संवाद र भेटघाटमा आचारसंहिता अनिवार्य पालना गर्न पनि बारले आग्रह गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार