Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बालुवाटारमा सत्ता गठबन्धनको बैठक बस्दै


    सोमबार, असार १८ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिउँसो चार बजे बस्ने बस्नेगरी सत्ता गठबन्धनको बैठक बोलाएका छन्।

    प्रधानमन्त्रीको प्रेस सल्लाहकार गोविन्द्र आचार्यका अनुसार बालुवाटारमा बस्नेगरी बोलाइएको उक्त बैठकमा जनमत पार्टीलाई सरकार ल्याउने बिषयमा पनि छलफल हुनेछ।

    आइतबार जनमत पार्टीका अध्यक्ष डा. सिके राउतसँग प्रधानमन्त्रीले प्रचण्डले गठबन्धन दलसँग सहमति गरेर सरकारमा ल्याउने आश्वासन दिएका थिए।

    बैठकमा पछिल्ला समसायिक बिषयमा छलफल हुने बताए। बैठकमा कोशी प्रदेशमा नयाँ सरकार गठनको विषय पनि छलफल हुने उनले बताए।

    गत पुस २४ गते मुख्यमन्त्री बनेका नेकपा एमालेका संसदीय दलका नेता हिक्मत कार्कीले प्रदेश सभा बैठकमा शुक्रबार विश्वासको मत नपाएपछि नयाँ सरकार गठनको लागि आह्वान भएको छ।

    कोशी प्रदेशमा ९३ सदस्य रहेका छन् । बहुमत पुर्‍याउन ४७ सीट चाहिन्छ । राप्रपाले एमालेसँगको गठबन्धन नछोडेको अवस्थामा विपक्षी गठबन्धनको बहुमत पुग्न सक्ने अवस्था छैन ।

    एमालेको ४० र राप्रपाको ६ गरी ४६ सांसद छन् । नेपाली कांग्रेसको २९, माओवादीको सभामुखबाहेक १२ सीट, नेकपा एसको ४ र जसपाको १ गरी गठबन्धनसँग पनि ४६ नै सीट छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार