Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सत्ता गठबन्धनको निर्णय: संसद खुलाउन एमालेसहितका दलहरूसँग छलफल गर्ने


    बुधबार, साउन ३१ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । सत्ता गठबन्धनले संसदको जारी अवरोध खुलाउन एमालेसहितका दलहरूसँग संवादको प्रक्रियालाई तीव्रता दिने निर्णय गरेको छ ।

    आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले संसदको गतिरोध खुलाउन प्रमुख प्रतिपक्षी दल लगायत संसदमा प्रतिनिधित्व गर्ने दलहरूसँग संवादको प्रक्रियालाई तीव्रता दिने निर्णय गरेको हो ।

    बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, उपप्रधानमन्त्रीहरू पूर्णबहादुर खड्का, नारायणकाजी श्रेष्ठ लगायतका नेताहरू सहभागी थिए ।

    सुन तस्करी प्रकरणमा उच्चस्तरीय न्यायिक छानबिन समिति गठनको माग गर्दै नेकपा एमालेले निरन्तर संसद अवरुद्ध पार्दै आएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार