Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सत्ता गठबन्धनले भन्यो – कोशीको मतपरिणाम अप्रत्याशित


    मंगलबार, माघ १६ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। सत्तारुढ गठबन्धनले कोशीमा राष्ट्रियसभा सदस्य निर्वाचनमा गठबन्धनका उम्मेदवार पराजित हुनु अप्रत्याशित रहेको बताएको छ । राष्ट्रियसभा निर्वाचनको समीक्षा गर्न आज साँझ बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकले यस्तो निष्कर्ष निकालेको हो ।

    बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले राष्ट्रिय सभा निर्वाचन र परिणामको विषयमा प्रारम्भिक समीक्षा र छलफल भएको बताए ।

    उनले भने,‘कोशीमा अप्रत्याशित रिजल्ट आएको छ । यो गम्भीर छ, चिन्ताजनक छ । यसका बारेमा प्रारम्भिक छलफल भएको छ, अझै छलफल हुनेछ ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार