Nepal Face
  • आइतबार, १० साउन २०८३
  • संसद्‌ बैठकअघि सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी


    आइतबार, असार २४ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। अहिले सत्ता गठबन्धनको बैठक बालुवाटारमा बसिरहेको छ।

    प्रधानमन्त्री निवासमा आज बिहान ९ बजेदेखि बैठक बसिरहेको हो।

    आज प्रतिनिधि सभाको बैठक बस्दै छ। त्यसअघि सत्ता गठबन्धनमा रहेका सात दल छलफलमा जुटेका हुन्।

    आज प्रतिनिधि सभाको बैठकमा सरकारले तीन विधेयक अघि बढाउने तयारी गरेको छ भने तीमध्ये ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८०’ पारित गर्ने सम्भावित कार्यसूची छ।

    तर प्रमुख प्रतिपक्ष एमालेले भने प्रधानमन्त्रीको राजीनामा माग्दै संसद् अवरुद्ध गरिरहेको छ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार