Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • राष्ट्रियसभा निर्वाचनमा भागबन्डा टुङ्ग्याउन सत्तारुढ तीन दलको बैठक बालुवाटारमा


    शनिबार, पुष २१ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । बालुवाटारमा सत्तारुढ तीन दलको बैठक सुरु भएको छ । बैठकमा आसन्न राष्ट्रियसभा निर्वाचनमा सत्तारुढ दलहरूबिच भागबन्डा टुङ्ग्याउने विषयमा छलफल हुनेछ ।

    उक्त बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका शीर्ष नेताहरू सहभागी रहेका छन् । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले राष्ट्रिय सभा निर्वाचनको सन्दर्भमा पहिले तीन दलको बैठक बस्ने र फेरि पाँच बजे सत्तारुढ अन्य दलसहित बैठक बस्ने तय भएको जानकारी दिए ।

    ‘सकेसम्म आज नै भागबन्डाको विषय टुङ्ग्याउने हाम्रो तयारी छ,’ लेखकले भने ।

    त्यस्तै सत्तारुढ दलको आज बिहान बसेको बैठकले राष्ट्रिय सभा निर्वाचनमा एमालेसँगको सहकार्यको ढोका बन्द गर्ने निर्णय गरेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार