काठमाडौं । मुख्यसचिव निजामती सेवाको सर्वोच्च पद हो । सचिवहरु मन्त्रीका सल्लाहकार हुन् र मुख्यसचिव सरकारलाई सल्लाह दिने संस्थागत पद हो । तर नेपालमा पछिल्ला दिनमा त्यो पदमा पुगेकाहरुले त्यसको गरिमा कायम राख्न नसकेको महुसस सबैले गरेका छन् । खासगरी २०७२ पछि मुख्यसचिव भएकाहरुले त्यस पदको गरिमा कायम राख्न नसकेको देखिएको छ । २०७२ साउन २० मा मुख्यसचिव भएका सोमलाल सुवेदी २ बर्ष नपुग्दै राजीनामा दिएर २०७४ साउन १ देखि एशियाली विकास बैंक (एडीबी)को उपकार्यकारी निर्देशक भएर गए ।
मासिक १८ लाख तलवको लोभमा उनले पदीय मर्यादा नै भुलेर उपसचिवस्तरको पदमा गएको भनी आलोचना भयो । सोमलाल सुवेदीपछि ३ महिना राजेन्द्रकिशोर क्षेत्री मुख्यसचिव भए । लोकदर्शन रेग्मीलाई मुख्यसचिव बनाउनका लागि क्षेत्रीले उक्त पद पाएको चर्चा समेत भएको थियो ।
लोकदर्शन रेग्मीले पनि मुख्यसचिव पदको गरिमा राख्न सकेनन् । उनले बेलायतको राजदूतको लोभ गरी १ महिनाअघि २०७७ असोज १५ मा राजीनामा दिएका थिए । तत्कालीन नेकपाका अध्यक्ष केपी शर्मा ओलीले उनलाई बेलायतको राजदूत बनाएका थिए । बैरागीलाई साढे ३ महिनाअघि नै राष्ट्रिय सुरक्षा सल्लाहकार पदमा लगी बैकुन्ठ अर्याललाई मुख्यसचिव बनाइएको छ । निजामती सेवाको सर्वोच्च पदबाट हटाएपछि किन्चित लज्जा नमानी बैरागी उनलाई थन्क्याउनका लागि सृजना गरिएको सुरक्षा सल्लाहकार पदमा रवाफका साथ बिहीबारै हाजिर भएका छन् ।

सुवेदी, रेग्मीपछि बैरागीले पदको गरिमा कायम राख्न नसकेको र नैतिकतामा स्खलनले मुख्यसचिव पद सधैं हास्यास्पद भएको टिप्पणी पूर्वसचिव अर्जुनकुमार कार्कीले गरेका छन् । कार्की लेख्छन्–‘सोमलाल सुवेदी, लोकदर्शन रेग्मीजस्ता निर्लज्जहरूले बनाएको बाटोमा शंकरदास बैरागी पनि । यिनीहरूको नैतिकतामा रहेको स्खलनले मूख्यसचिवको पद सधैं हॉस्यास्पद । हुनुपर्ने नहुने, हुनै नसक्ने चाहिं हुने नाटकको निरन्तरता ।’
सोमलाल सुवेदीभन्दा प्रशासनिक नेतृत्व क्षमतामा जयमुकुन्द खनाल अब्बल थिए । तर, तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको रोजाइमा सुवेदी परे । कोइरालाका प्रशासनिक सल्लाहकार बाबुराम आचार्यका जिल्लाबासी र निकट भएकै कारण सुवेदीले मौका पाएका थिए । स्वच्छ छविका भनिएका सुवेदीले मासिक १८ लाख तलबको लोभ गर्दा उनी आलोचनाको पात्र भए । एडीबीको उपकार्यकारी निर्देशकमा सरकारले सहसचिव, उपसचिव पठाउने गरेको थियो भने यसअघिका अर्थमन्त्री जनार्दन शर्माले त शाखा अधिकृतलाई पठाएका थिए । पूर्वमन्त्री शर्माले एडीबीमा भान्जीज्वाई भीमकान्त न्यौपानेलाई पठाएका थिए । अहिलेसम्म उनी नै कार्यरत छन् । शाखा अधिकृत भए हुने ठाउँमा गएकोमा सुवेदी आलोचित भएका हुन् ।
लोकदर्शन रेग्मी क्षमताका आधारमा भन्दा पनि शक्तिकेन्द्रलाई खुसी पारेबापत मुख्यसचिव भएका थिए । तत्कालीन सत्ताको केन्द्रभागमा रहेकी आरजु राणालाई प्रभावमा पारी उनी मुख्यसचिव भएका थिए । शान्तराज सुवेदी, शंकर अधिकारी, डइन्द्रप्रसाद उपाध्याय जस्ता क्षमतावान सचिवहरुलाई घर पठाएर काममा भन्दा चाकरी र शक्तिकेन्द्र रिझाउन खप्पीस रेग्मीलाई मुख्यसचिव बनाइएको थियो ।
बैरागी त जागिरे जीवनभर विदेशी नियोगहरुमा बिताएका परराष्ट्र समूहका कर्मचारी हुन् । नेपालको इतिहासमै सबैभन्दा प्रशासनिक क्षमतासून्य मुख्यसचिवको रुपमा उनलाई लिने गरिन्छ । नेपालका दूरदराजमा सेवा नै नगरी तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र उनका मुख्य राजनीतिक सल्लाहकार बिष्णु रिमालको चाकरी गरेकै भरमा बैरागी २०७७ असोज १५ मा मुख्यसचिव भएका थिए ।
सरकारी सेवामा जिल्ला तहदेखि सेवा गर्दैआएका र कार्यक्षमता भएका चन्द्र घिमिरे र केदारबहादुर अधिकारीलाई विश्वास नगरी बैरागीलाई ओलीले मुख्यमन्त्री बनाएका थिए । बैरागी बिचौलियाको घेरामा रमाउने गरेको आरोप लाग्ने गरेको छ । त्यसो त लोकदर्शन रेग्मी पनि बिचौलियाकै घेरामा रमाउनेमा पर्दछन् ।
बिहीबार मुख्यसचिव बनाइएका बैकुन्ठ अर्याल पनि मुख्यसचिव हुने लाइनमा थिएनन् । तर उनलाई एनसेलदेखि बिभिन्न घरानाले बैरागी अवकाश हुनु ३ महिनाअघि नै राष्ट्रिय सुरक्षा सल्लाहकार बनाएर मुख्यसचिव बनाएको छ । बैरागी स्वभाविक रुपमा २०८० असोज १५ मा अवकाश हुँदा मुख्यसचिवका दाबेदारमा सचिवहरु सूर्यप्रसाद गौतम, सुरेश अधिकारीहरु थिए ।
सुयोग शर्मा काठमाडौं । बरिष्ठ सचिवहरुलाई पाखा लगाएर गरिमामय मुख्यसचिव पदमा पदासिन भएकोमा बिलम्ब भए पनि हार्दिक बधाइ र शुभकामना । कार्यकाल सफल रहोस् ।...
भवानी खतिवडा अहिले निजामती सेवा ऐन निर्माणको क्रममा रहेको छ । केही सञ्चार माध्यमहरूले बेलाबखत यस सम्बन्धी समाचारहरू लेख्छन् । समाचार पनि यसरी लेख्छन् कि...
काठमाडौं । नेपाल सरकारले निजामती कर्मचारीको दरबन्दी कटौतीका नामामा जथाभावी गरेको छ । संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएण्डएम) गरेर बिभाग र मन्त्रालय गरी २...
काठमाडौं । गृहमन्त्रालयले २३ उपसचिव र सहसचिवको सरुवा गरेको छ । मन्त्रालयले उपसचिव र सहसचिवको सरुवा तथा पदस्थापनसँगै केही जिल्लामा नयाँ प्रमुख जिल्ला अधिकारी...
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको शिक्षाध्यक्षमा प्रा। अञ्जना सिंह र रजिस्ट्रारमा प्रा। रवीन्द्र शिवाकोटी नियुक्त भएका छन् । उपकुलपतिले गरेको सिफारिसका आधारमा विश्वविद्यालयका कुलपति तथा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend