Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • बैकुन्ठ अर्याललाई मुख्यसचिव बनाउने, बैरागीलाई आकर्षक नियुक्ति दिने


    बुधबार, जेष्ठ ३१ २०८०
    5.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सरकारले असार ३ गते अवकाश हुन लागेका प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव बैकुन्ठ अर्याललाई मुख्यसचिव बनाउने भएको छ । बिहीबार बस्ने मन्त्रिपरिषदको बैठकले अर्याललाई मुख्यसचिव बनाउन लागेको हो ।

    हालका मुख्यसचिव शंकरदास बैरागीको ३ बर्षे कार्यकाल २०८० असोज १४ सम्म बाँकी छ । बैरागीलाई संयुक्त राष्ट्रसंघको स्थायी प्रतिनिधि बनाएर पठाउने र अर्याललाई मुख्यसचिवब बनाउने निर्णय बिहीबार गर्न लागिएको बालुवाटार स्रोतले बताएको छ ।

    अर्याललाई संचार तथा सूचना प्रविधि मन्त्रालयको सचिवबाट चैत दोस्रो साता प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा सरुवा गरिएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार