Nepal Face
  • बिहिबार, १३ कार्तिक २०८३
  • निर्वाचन प्रहरी पोशाकबारे संसदीय उपसमितिले दुई साता कागजात अध्ययन गर्ने


    बिहिबार, कार्तिक १३ २०८३
    50
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ। सार्वजनिक लेखा समितिअन्तर्गतको निर्वाचन प्रहरीको पोशाक खरिदसम्बन्धी अध्ययन उपसमितिले आगामी दुई साता कागजात अध्ययन गर्ने भएको छ।

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाको नेतृत्वका रहेको उपसमितिको बिहीबार बसेको बैठकले कार्यदेश स्वीकृत गरेको छ। जसअनुसार, कात्तिक ३० गतेसम्म अध्ययनका लागि छुट्याइएको संयोजक झाले जानकारी दिए।

    निर्वाचन प्रहरीको पोशाक खरिदसम्बन्धी कागजातहरू उपसमितिमा प्राप्त भएको उनले बताए। उपसमितिमा प्राप्त कागजात अध्ययनका लागि कात्तिक ३० गतेसम्म तोकिएको छ।

    यस अवधिमा पोशाक खरिदसम्बन्धी प्रमाण के–के मगाउने, कसलाई बयानका लागि बोलाउने र सम्बन्धित पक्षसँग के–के प्रश्न गर्ने भन्ने विषयमा तयारी गर्ने उनले जानकारी दिए। हाल जिम्मेवारीमा रहेका र अवकाश प्राप्त अधिकारीलाई समेत आवश्यकताअनुसार बयानका लागि बोलाइने उनले जानकारी दिए।

    त्यसपछि उपसमितिले मंसिर १ देखि १५ गतेसम्म पोशाक खरिदमा सम्बन्धित पक्ष, विज्ञ तथा जिम्मेवार अधिकारीसँग बयान, अन्तर्वार्ता र छलफल गर्नेछ। उपसमितिको कार्यअवधि मंसिर २० गतेसम्म रहेको अन्तिम पाँच दिन प्रतिवेदन लेखनका लागि छुट्याइएको उनले बताए।

    निर्वाचन प्रहरी पोशाक खरिदमा प्रहरी महानिरिक्षक दानबहादुर कार्कीले भ्रष्टाचार गरेको आरोपसहित समितिमा उजुरी परेको थियो। उक्त उजुरी उपर छानबिन गर्न समितिले झाको संयोजकत्वमा नौ सदस्यीय उपसमिति गठन गरेको छ।

    उपसमितिलाई अध्ययनको लागि दुई महिनाको समयसिमा तोकिएको छ। उपसमितिको बिहीबार बसेको दोस्रो बैठकले आवश्यक कार्यदेश स्वीकृत गरेको हो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार