काठमाडौं । मंसिर १० गतेबाट रिक्त हुन लागेको मुख्यसचिव पदका लागि चार सचिवबीच कडा प्रतिस्पर्धा देखिएको छ ।
मुख्यसचिवको प्रतिस्पर्धामा रक्षा मन्त्रालयका सचिव सुमनराज अर्याल, खानेपानी मन्त्रालयकी सचिव प्रमिला बज्राचार्य, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव कृष्णहरि पुस्कर कर्ण र तथ्यांक कार्यालयका सचिव मधुसुदन बुर्लाकोटी छन् ।
उनीहरु मुख्यसचिव बन्नका लागि राजनीतिक नेतृत्वदेखि जेनजी आन्दोलनका अगुवा र सरकारका मन्त्रीहरुकोमा घरदैलो अभियानमा छन् । प्रशासनिक नेतृत्व गर्ने शीर्ष पद भएकाले मुख्यसचिव हुने चाहना प्रायः सबै सचिवमा हुन्छ । बिगतमा लीलामणि पौडेलबाहेक बरिष्ठताका आधारमा सरकारले मुख्यसचिव बनाउँदैआएकाले पनि यसपटक पनि त्यो प्रचलनले निरन्तरता पाउने बिश्वास गरिएको छ ।
प्रधानमन्त्री सुशीला कार्की पहिलो महिला प्रधानमन्त्री भएको र मुख्य सचिव पनि आफू हुने कुरामा प्रमिला बज्राचार्य ढुक्क छिन् । प्रधानमन्त्रीको प्रमुख स्वकीय सचिवमा आदर्श श्रेष्ठ आफूप्रति सकारात्मक रहेको भन्दै शक्तिकेन्द्रहरुमा भेटघाटलाई तीव्रता दिएकी छन् । रक्षा मन्त्रालयका सचिव सुमनराज अर्याल कार्यक्षमता अत्यन्त कमजोर रहेका र एउटै कार्यालयमा सेवाप्रवेश गरी त्यहीँबाट सचिव बढुवा भएका हुन् । उनीसँग तथ्यांक कार्यालयको अन्य कुनै कार्यालय, बिभाग र मन्त्रालयको अनुभव छैन ।
आगामी असार महिनामा ५८ बर्ष उमेरहदले अवकाश हुन लागेका अर्याललाई ७ महिना भए पनि मुख्यसचिव बनाउनका लागि वर्तमान मुख्यसचिव एकनारायण अर्यालले हालसम्म पनि राजीनामा नदिएको स्रोत बताउँछ । सामान्यतया अवकाश हुनु एक महिनाअघि नै मुख्यसचिव बिदामा बस्ने प्रचलन बिगतमा थियो । तर अर्यालले यो परम्परा तोडेका छन् ।
गुल्मेली गृहमन्त्री ओमप्रकाश अर्यालकै कारण प्रधानमन्त्री सुशीला कार्की र मुख्यसचिव अर्यालको सम्बन्ध पछिल्ला दिनमा सुमधुर बन्न पुगेको बताइन्छ । मंसिर ९ गतेसम्म सेवामै रहेर १० गतेबाट बाहिरिने तयारीमा रहेका मुख्यसचिव अर्यालले सोही मितिबाट लागू हुनेगरी निबृत्तिभरण समेत बनाइसकेका छन् । उनको निवृत्तिभरण पत्र मंगलबार बनेर आइसकेको छ ।
सोमबारको सचिवहरुको नियमित बैठकमा आफू पूरा कार्यकाल बिताएर बहिर्गमन हुने बताएका अर्यालले मंगलबार पेन्सनपट्टा हात पारेका हुन् । मुख्यसचिव अर्याल र गृहमन्त्री ओमप्रकाश जसरी भए पनि सुमनलाई मुख्यसचिव बनाउन लागेका छन् ।
त्यसैगरी खानेपानी सचिव प्रमिलालाई मुख्यसचिव बनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा गौतम र प्रधानमन्त्री सुशीला कार्कीका प्रमुख स्वकीय सचिव आदर्श लागेका छन् । आदर्शन मार्फत् नै प्रमिलाले प्रधानमन्त्री कार्कीलाई मुख्यसचिव बन्न पाउनुपर्ने दाबी पेश गरेकी छन् ।
नेतृत्व क्षमता सून्यजस्तै भएकी प्रमिलालाई यसअघिका खानेपानी मन्त्री प्रदीप यादवले ल्याएका थिए । मन्त्री यादवका नाजायज र कमिसनमुखी फाइलमा खुरुखुरु सही गरेर मन्त्रालयको छवि नै बदनाम गराएकी थिइन् । उनै प्रमिला अहिले आफू कार्यक्षमतामा अब्बल भएको दाबी गर्दै मुख्यसचिवको दाबी गरिरहेकी छन् ।
फाइलमा हस्ताक्षर नगर्ने, मातहतकालाई अख्तियारी दिएर पन्छिने र कमिसन भने सबै आफैं लिने भनेर चिनिएका श्रम सचिव कृष्णहरि पुस्कर सचिव बढुवा हुनासाथ राजस्व सचिवमा पदस्थापन हुने भाग्यमानी हुन् । कर्ण २०७८ असार २४ मा सचिव बढुवा भएका हुन् । नयाँ बढुवा भएका सचिवलाई प्रदेशको प्रमुख सचिवमा पदस्थापन गर्ने प्रचलनलाई तोड्दै उनी शक्तिकै आडमा राजस्वमा फड्को हानेका थिए । त्यो बेला जनार्दन शर्मा अर्थमन्त्री थिए । शर्मा अर्थमन्त्री हुँदा मध्यरातमा करका दर हेरफेर प्रकरणमा मधु मरासिनी अर्थमन्त्रालयबाट बाहिरिएपछि पुस्कर अर्थ सचिव भएका थिए । करका दर हेरफेर र भन्सार र करका कर्मचारी सरुवामा पुस्करले ब्यापक सेटिङ गरेको आरोप लागेको थियो ।
अर्थमन्त्रालयबाट संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा भएपछि कर्मचारी सरुवामा समेत ठूलो आर्थिक चलखेल गरेको उनीमाथि लाग्ने गरेको छ । पुस्कर र उनले सँगै लगेका सहसचिव कमल भट्टराईले कर्मचारी सरुवामा भित्र्याएको आर्थिक चलखेलले संस्थागत रुप लिन पुगेको छ । र, त्यसपछि सामान्यमा जो मन्त्री भए पनि सरुवा विवादमा पर्दैआएका छन् ।
श्रममा सरुवा भएपछि सामान्यमा हुँदा सरुवा सेटिङमा साथ दिएका आफ्ना निकट सहसचिव कमल भट्टराईलाई पुनः आफूसँगै ल्याए । र, श्रमको भन्सारका रुपमा चिनिएको बैदेशिक रोजगार बिभागको महानिर्देशक बनाएका छन् । बैदेशिक रोजगार बिभागमा दैनिक हुने लाखौंको घुस कारोबारमा पुस्करसम्मको सिन्डीकेट छ ।
कर्ण आफ्ताव आलम श्रममन्त्री हुँदा नै मन्त्रालयमा उपसचिव थिए । आफ्तावको विश्वासपात्रका रुपमा बैदेशिक रोजगार बिभागमा कर्मचारी सरुवामा दररेट असुली गर्ने गरेको आरोप उनीमाथि लागेको थियो । टेकबहादुर गुरुङ श्रम राज्यमन्त्री हुँदा उनी बैदेशिक रोजगार बिभागको महानिर्देशक समेत भएका उनी त्यहाँ हुने अथाह लाभका पूर्णतः जानकार भएरै विश्वासपात्र कमल भट्टराईलाई पठाएका छन् ।
नीतिगत निर्णय र कर्मचारी सरुवा गर्दा आर्थिक लेनदेनलाई नै पुस्करले प्राथमिकता दिने गरेको आरोप छ । उनले स्वास्थ्य क्षेत्रको सुधारका लागि अनसनरत डा. गोविन्द केसीलाई ‘पागल’को संज्ञा दिंदै विज्ञप्ति निकालेका थिए । लोकमानसिंह कार्की अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुृख भएको बेला कृष्णहरि प्रवक्ता थिए । कर्णकै उक्साहटमा डा. केसीलाई ‘पागल’ को संज्ञा दिंदै निकालेको विज्ञप्तिको जनस्तरबाट चर्को बिरोध भएपछि सच्याउन बाध्य भएका थिए ।
२०७२ मा लोकमानको आडमा कोलकाताको महाबाणिज्यदूत हुन खोजेका थिए उनी । उनलाई तत्कालीन ओली सरकारले नपत्याएपछि महाबाणिज्यदूत नियुक्त भएका आफूभन्दा बरिष्ठ सहसचिवहरुलाई एकनारायण अर्याल, गोविन्द कार्कीहरुलाई अख्तियारमा बोलाएर हप्कीदप्की गरेका थिए ।
भारतीय नाकाबन्दीमा डिजेल र पेट्रोलमा कालोबजारी गर्ने र जग्गा खरिदमा डेढ अर्ब रुपैयाँ अनियमितता गर्ने तत्कालीन आयल निगमका प्रबन्ध निर्देशक गोपालबहादुर खड्कालाई आपूर्ति मन्त्रालयले स्पष्टीकरण सोध्दा लोकमानको निर्देशनमा कर्णले बचाउ गरेका थिए । यस्तै विवादित सचिव जेनजी सरकारका उद्योगमन्त्री अनिलकुमार सिन्हामार्फत् मुख्यसचिव बन्ने अभियानमा छन् ।
त्यसैगरी कुनै पनि निकायमा ३ महिनाभन्दा बढी नटिक्ने उपमा पाएका सचिव मधुसुदन बुर्लाकोटी लामो समय टिकेको तथ्यांक कार्यालयमा नै हो । उनी आफू सुशासनको पक्षमा लाग्दा विगतका सरकारले अन्याय गरेकाले अहिलेको नागरिक सरकारले मुख्यसचिव बनाएर न्याय दिने आशामा छन् ।
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
बीरगञ्ज । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीका हुण्डी कारोबारीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नचलाएको बिषयमा विवादमा परेपछि जिल्ला सरकारी वकिल कार्यालय...
बीरगञ्ज । मुलुकको अर्थतन्त्रलाई खोक्रो पार्ने आर्थिक अपराधका रुपमा अबैध हुन्डी कारोबारलाई लिने गरिएको छ । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी अवैध हुन्डी कारोबारसँग...
कलैया । बाराको फेटा गाउँपालिका–३, फेटाका चार युवाले नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) पदमा सफलता हासिल गरेपछि गाउँमा खुसी छाएको छ । एउटै वडाका चार...
काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा मुद्दा सेटिङमा मात्र होइन, सहरी विकास तथा भवन बिभागले निर्माण गर्नुपर्ने सर्वोच्च अदालतको भवनको ठेक्का सेटिङको बिषयमा पनि छानबिनमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend