काठमाडौं । मंसिर १० गतेबाट रिक्त हुन लागेको मुख्यसचिव पदका लागि चार सचिवबीच कडा प्रतिस्पर्धा देखिएको छ ।
मुख्यसचिवको प्रतिस्पर्धामा रक्षा मन्त्रालयका सचिव सुमनराज अर्याल, खानेपानी मन्त्रालयकी सचिव प्रमिला बज्राचार्य, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव कृष्णहरि पुस्कर कर्ण र तथ्यांक कार्यालयका सचिव मधुसुदन बुर्लाकोटी छन् ।
उनीहरु मुख्यसचिव बन्नका लागि राजनीतिक नेतृत्वदेखि जेनजी आन्दोलनका अगुवा र सरकारका मन्त्रीहरुकोमा घरदैलो अभियानमा छन् । प्रशासनिक नेतृत्व गर्ने शीर्ष पद भएकाले मुख्यसचिव हुने चाहना प्रायः सबै सचिवमा हुन्छ । बिगतमा लीलामणि पौडेलबाहेक बरिष्ठताका आधारमा सरकारले मुख्यसचिव बनाउँदैआएकाले पनि यसपटक पनि त्यो प्रचलनले निरन्तरता पाउने बिश्वास गरिएको छ ।
प्रधानमन्त्री सुशीला कार्की पहिलो महिला प्रधानमन्त्री भएको र मुख्य सचिव पनि आफू हुने कुरामा प्रमिला बज्राचार्य ढुक्क छिन् । प्रधानमन्त्रीको प्रमुख स्वकीय सचिवमा आदर्श श्रेष्ठ आफूप्रति सकारात्मक रहेको भन्दै शक्तिकेन्द्रहरुमा भेटघाटलाई तीव्रता दिएकी छन् । रक्षा मन्त्रालयका सचिव सुमनराज अर्याल कार्यक्षमता अत्यन्त कमजोर रहेका र एउटै कार्यालयमा सेवाप्रवेश गरी त्यहीँबाट सचिव बढुवा भएका हुन् । उनीसँग तथ्यांक कार्यालयको अन्य कुनै कार्यालय, बिभाग र मन्त्रालयको अनुभव छैन ।
आगामी असार महिनामा ५८ बर्ष उमेरहदले अवकाश हुन लागेका अर्याललाई ७ महिना भए पनि मुख्यसचिव बनाउनका लागि वर्तमान मुख्यसचिव एकनारायण अर्यालले हालसम्म पनि राजीनामा नदिएको स्रोत बताउँछ । सामान्यतया अवकाश हुनु एक महिनाअघि नै मुख्यसचिव बिदामा बस्ने प्रचलन बिगतमा थियो । तर अर्यालले यो परम्परा तोडेका छन् ।
गुल्मेली गृहमन्त्री ओमप्रकाश अर्यालकै कारण प्रधानमन्त्री सुशीला कार्की र मुख्यसचिव अर्यालको सम्बन्ध पछिल्ला दिनमा सुमधुर बन्न पुगेको बताइन्छ । मंसिर ९ गतेसम्म सेवामै रहेर १० गतेबाट बाहिरिने तयारीमा रहेका मुख्यसचिव अर्यालले सोही मितिबाट लागू हुनेगरी निबृत्तिभरण समेत बनाइसकेका छन् । उनको निवृत्तिभरण पत्र मंगलबार बनेर आइसकेको छ ।
सोमबारको सचिवहरुको नियमित बैठकमा आफू पूरा कार्यकाल बिताएर बहिर्गमन हुने बताएका अर्यालले मंगलबार पेन्सनपट्टा हात पारेका हुन् । मुख्यसचिव अर्याल र गृहमन्त्री ओमप्रकाश जसरी भए पनि सुमनलाई मुख्यसचिव बनाउन लागेका छन् ।
त्यसैगरी खानेपानी सचिव प्रमिलालाई मुख्यसचिव बनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा गौतम र प्रधानमन्त्री सुशीला कार्कीका प्रमुख स्वकीय सचिव आदर्श लागेका छन् । आदर्शन मार्फत् नै प्रमिलाले प्रधानमन्त्री कार्कीलाई मुख्यसचिव बन्न पाउनुपर्ने दाबी पेश गरेकी छन् ।
नेतृत्व क्षमता सून्यजस्तै भएकी प्रमिलालाई यसअघिका खानेपानी मन्त्री प्रदीप यादवले ल्याएका थिए । मन्त्री यादवका नाजायज र कमिसनमुखी फाइलमा खुरुखुरु सही गरेर मन्त्रालयको छवि नै बदनाम गराएकी थिइन् । उनै प्रमिला अहिले आफू कार्यक्षमतामा अब्बल भएको दाबी गर्दै मुख्यसचिवको दाबी गरिरहेकी छन् ।
फाइलमा हस्ताक्षर नगर्ने, मातहतकालाई अख्तियारी दिएर पन्छिने र कमिसन भने सबै आफैं लिने भनेर चिनिएका श्रम सचिव कृष्णहरि पुस्कर सचिव बढुवा हुनासाथ राजस्व सचिवमा पदस्थापन हुने भाग्यमानी हुन् । कर्ण २०७८ असार २४ मा सचिव बढुवा भएका हुन् । नयाँ बढुवा भएका सचिवलाई प्रदेशको प्रमुख सचिवमा पदस्थापन गर्ने प्रचलनलाई तोड्दै उनी शक्तिकै आडमा राजस्वमा फड्को हानेका थिए । त्यो बेला जनार्दन शर्मा अर्थमन्त्री थिए । शर्मा अर्थमन्त्री हुँदा मध्यरातमा करका दर हेरफेर प्रकरणमा मधु मरासिनी अर्थमन्त्रालयबाट बाहिरिएपछि पुस्कर अर्थ सचिव भएका थिए । करका दर हेरफेर र भन्सार र करका कर्मचारी सरुवामा पुस्करले ब्यापक सेटिङ गरेको आरोप लागेको थियो ।
अर्थमन्त्रालयबाट संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा भएपछि कर्मचारी सरुवामा समेत ठूलो आर्थिक चलखेल गरेको उनीमाथि लाग्ने गरेको छ । पुस्कर र उनले सँगै लगेका सहसचिव कमल भट्टराईले कर्मचारी सरुवामा भित्र्याएको आर्थिक चलखेलले संस्थागत रुप लिन पुगेको छ । र, त्यसपछि सामान्यमा जो मन्त्री भए पनि सरुवा विवादमा पर्दैआएका छन् ।
श्रममा सरुवा भएपछि सामान्यमा हुँदा सरुवा सेटिङमा साथ दिएका आफ्ना निकट सहसचिव कमल भट्टराईलाई पुनः आफूसँगै ल्याए । र, श्रमको भन्सारका रुपमा चिनिएको बैदेशिक रोजगार बिभागको महानिर्देशक बनाएका छन् । बैदेशिक रोजगार बिभागमा दैनिक हुने लाखौंको घुस कारोबारमा पुस्करसम्मको सिन्डीकेट छ ।
कर्ण आफ्ताव आलम श्रममन्त्री हुँदा नै मन्त्रालयमा उपसचिव थिए । आफ्तावको विश्वासपात्रका रुपमा बैदेशिक रोजगार बिभागमा कर्मचारी सरुवामा दररेट असुली गर्ने गरेको आरोप उनीमाथि लागेको थियो । टेकबहादुर गुरुङ श्रम राज्यमन्त्री हुँदा उनी बैदेशिक रोजगार बिभागको महानिर्देशक समेत भएका उनी त्यहाँ हुने अथाह लाभका पूर्णतः जानकार भएरै विश्वासपात्र कमल भट्टराईलाई पठाएका छन् ।
नीतिगत निर्णय र कर्मचारी सरुवा गर्दा आर्थिक लेनदेनलाई नै पुस्करले प्राथमिकता दिने गरेको आरोप छ । उनले स्वास्थ्य क्षेत्रको सुधारका लागि अनसनरत डा. गोविन्द केसीलाई ‘पागल’को संज्ञा दिंदै विज्ञप्ति निकालेका थिए । लोकमानसिंह कार्की अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुृख भएको बेला कृष्णहरि प्रवक्ता थिए । कर्णकै उक्साहटमा डा. केसीलाई ‘पागल’ को संज्ञा दिंदै निकालेको विज्ञप्तिको जनस्तरबाट चर्को बिरोध भएपछि सच्याउन बाध्य भएका थिए ।
२०७२ मा लोकमानको आडमा कोलकाताको महाबाणिज्यदूत हुन खोजेका थिए उनी । उनलाई तत्कालीन ओली सरकारले नपत्याएपछि महाबाणिज्यदूत नियुक्त भएका आफूभन्दा बरिष्ठ सहसचिवहरुलाई एकनारायण अर्याल, गोविन्द कार्कीहरुलाई अख्तियारमा बोलाएर हप्कीदप्की गरेका थिए ।
भारतीय नाकाबन्दीमा डिजेल र पेट्रोलमा कालोबजारी गर्ने र जग्गा खरिदमा डेढ अर्ब रुपैयाँ अनियमितता गर्ने तत्कालीन आयल निगमका प्रबन्ध निर्देशक गोपालबहादुर खड्कालाई आपूर्ति मन्त्रालयले स्पष्टीकरण सोध्दा लोकमानको निर्देशनमा कर्णले बचाउ गरेका थिए । यस्तै विवादित सचिव जेनजी सरकारका उद्योगमन्त्री अनिलकुमार सिन्हामार्फत् मुख्यसचिव बन्ने अभियानमा छन् ।
त्यसैगरी कुनै पनि निकायमा ३ महिनाभन्दा बढी नटिक्ने उपमा पाएका सचिव मधुसुदन बुर्लाकोटी लामो समय टिकेको तथ्यांक कार्यालयमा नै हो । उनी आफू सुशासनको पक्षमा लाग्दा विगतका सरकारले अन्याय गरेकाले अहिलेको नागरिक सरकारले मुख्यसचिव बनाएर न्याय दिने आशामा छन् ।
काठामाडौं । सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ जारी गरी हटाइएकाहरुलाई वालेन्द्र शाह सरकारले धमाधम नियुक्ति दिइरहेको छ । वालेन्द्र शाह प्रधानमन्त्री भएपछि...
काठमाडौं । स्वास्थ्य उपकरणका ब्यापारी बिशाल पण्डितले संघदेखि प्रदेशसम्मका सरकारी अस्पतालका खरिद र मर्मतमा सिन्डिकेट नै कायम गरेका छन् । त्यो सिन्डीकेट वालेन्द्र शाह...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को बाचापत्रमा राजनीतिक नियुक्तिमा मेरिटोक्रेसी लागू गर्दै योग्यतमहरुबाट गर्ने उल्लेख छ । तर सरकारले गुठी संस्थानको प्रशासक(सदस्यसचिव)मा विगतका सरकारका पालामा...
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपाल मेडिकल काउन्सिलको रजिष्टारमा निमित्तमाथि निमित्त तोकेको छ । अध्यादेशबाट पदाधिकारीबिहीन भएको काउन्सिलको अध्यक्षदेखि रजिष्टार नियुक्ति हुन...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बाचापत्रमा नातावाद र कृपावादको समूल अन्त्य गर्दै कर्मचारी सरुवा, बढुवा र नियुक्तिमा मेरिटोक्रेसी लागू गर्ने उल्लेख छ ।...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend