काठमाडौं । एसियन क्रिकेट काउन्सिल (एसीसी)ले एसिया कप क्रिकेट पाकिस्तानबाट सर्न सक्ने देखिएको छ । भारतीय समाचार संस्था पीटीआईका अनुसार एसीसीले भारत पाकिस्तान नजाने भएपछि आयोजकले प्रस्ताव गरेको’हाईब्रिड मोडल’ एसीसीले अस्वीकृत गरेपछि प्रतियोगिता पाकिस्तानमा हुने सम्भावना कम देखिएको हाे ।
यसअघि यो प्रतियोगिता पाकिस्तानमा सेप्टेम्बर २ देखि१७ तारिखसम्म हुने तय भएको थियो। तर भारतले पाकिस्तानमा गएर खेल्न नमानेपछि प्रतियोगिता अन्योलपूर्ण बनेको थियो।
पीटिआईका अनुसार एसिया कप आयोजनाका लागि श्रीलंका इच्छुक देखिएको छ। प्रतियोगितामा पाँच टेस्ट टोली भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तानसहित नेपालले प्रतिस्पर्धा गर्दैछन्। नेपालले पहिलो चरणमै भारत र पाकिस्तानसँग खेल्ने छ।
एसीसीको पछिल्लो निर्णयले प्रतियोगितामा पाकिस्तानको सहभागितामा पनि अन्यौलता देखिएको पीटीआईले उल्लेख गरेको छ।
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलमा लुम्बिनी लायन्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय(टीयू) क्रिकेट...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन गरेका छन्। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानमा प्रधानमन्त्री शाहले प्रतियोगिताको उद्घाटन...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को सुरक्षाका लागि दैनिक १ हजार भन्दा बढी प्रहरी परिचालन हुने भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले एनपीएलकै लागि...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलका लागि अनलाइन टिकट बुकिङ खुलेको आधा घण्टामै टिकट सकिएको छ। प्रतियोगिताको आधिकारिक टिकटिङ...
काठमाडौँ। नेपालले ओमानविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। अल अमिरात मैदानमा केही बेरअघि नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो। आईसीसी...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend