काठमाडौं । चालू आर्थिक वर्षको सात महिनामा खाद्यान्न आयात ३१.४ प्रतिशतले घटेको छ । भन्सार विभागको तथ्याङ्कअनुसार गत साउनदेखि माघसम्म ३४ अर्ब ६७ करोड ८४ लाख ९८ हजार रुपियाँको खाद्यान्न (चामल, मकै, धान, गहुँ, जौ, कोदो) आयात भएको हो ।
अघिल्लो वर्ष सो अवधिमा ५० अर्ब ५३ करोड २२ लाख २३ हजार रुपियाँको खाद्यान्न आयात भएको थियो ।यो वर्ष धानको उत्पादनमा सामान्य वृद्धिसँगै आयातमा लगाइएका प्रतिबन्धका कारण खाद्यान्न आयातमा कमी भएको हो । नेपाल राष्ट्र बैङ्कले विदेशी मुद्रा सञ्चिति जोगाउन आयातमा गरेको कडाइ र आयातमा एलसी (प्रतीतपत्र) खोल्दा शतप्रतिशत नगद मार्जिन राख्नुपर्ने व्यवस्थाका कारण खाद्यान्न आयातमा कमी भएको व्यवसायीको भनाइ छ ।
त्यसै गरी भारतले गहुँ निर्यातमा लगाएको प्रतिबन्ध र धान चामल निर्यातमा भन्सार शुल्क बढाएका कारण खाद्यान्न आयातमा कमी भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । भारतले गत भदौ÷असोजमा धान र चामल निर्यातमा २० प्रतिशतसम्म भन्सार शुल्क लगाएको थियो । आजको गोरखापत्र दैनिकमा समाचार छ ।
शिवकुमार थापा काठमाडौं । रसुवाको भोटेकोशीमा भदौ १० गते आएको महाबिनासकारी बाढीका कारण पृथ्वी राजमार्गको कृष्णभीर लगायतका सडकमार्ग अवरुद्ध भएपछि ग्यास उद्योगीहरूले मौका छोपेर प्रतिसिलिन्डर...
काठमाडौं । नेपाली बजारमा आज मंगलबार सुनको भाउ तोलामा ३ हजार ५ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको...
काठमाडौं । सिङ्गो देश प्राकृतिक विपत्तिको मारमा परेको बेलामा खाना पकाउने एलपी ग्याँसमा सरकारले मूल्यबृद्धि गरेको छ । विगत २ महिनादेखि ग्याँस सहज आपूर्ति...
काठमाडौं । नेपाली बजारमा पछिल्लो समय निरन्तर बढेर उच्च मूल्य तिर लागेको सुनको भाउ ओरालो लाग्न थालेको छ। सोमबार सुनको मूल्य प्रतितोला २ हजार...
काठमाडौं। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टा अवधिमा एक अर्ब ९१ करोड रुपैयाँभन्दा बढी सहयोग रकम संकलन भएको छ। अर्थ मन्त्रालयलाई प्राप्त विवरणअनुसार बुधबार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend