Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • ६ महिनामा ७ खर्ब ६८ अर्बको आयात, ७४ अर्ब ९६ करोडको निर्यात


    आइतबार, माघ ७ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपालले चालु आर्थिक वर्ष २०८०/८१ को ६ महिनामा विभिन्न देशबाट सात खर्ब ६८ अर्ब १६ करोड रुपैयाँको वस्तु तथा सेवा आयात गरेको छ । भन्सार विभागका अनुसार गत पुस मसान्तसम्म नेपालबाट ७४ अर्ब ९६ करोड ८० लाख रुपैयाँको वस्तु तथा सेवा निर्यात गरिएको छ ।

    त्यस्तै, विभागका अनुसार चालु आर्थिक वर्षको ६ महिनामा व्यापार घाटा ६ खर्ब ९३ अर्ब १९ करोड ८४ लाख रुपैयाँ छ । गत वर्षको तुलनामा व्यापार घाटा २.६२ प्रतिशतले घटेको हो । गत वर्षको पुस मसान्तसम्म व्यापार घाटा सात खर्ब ११ अर्ब ८५ करोड रुपैयाँ थियो ।

    गत वर्षको तुलनामा आयात ३.०९ प्रतिशतले घटेको छ । निर्यात ७.२३ प्रतिशतले घटेको छ । विभागका अनुसार, गत वर्षको पुस मसान्तसम्म सात खर्ब ९२ अर्ब ६६ करोड रुपैयाँको वस्तु तथा सेवा आयात गरिएको थियो । सो अवधिसम्म नेपालबाट ८० अर्ब ८० करोड रुपैयाँको वस्तु तथा सेवा निर्यात गरिएको थियो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार