काठमाडौं । नेकपा (एमाले) को स्थायी कमिटीको दोस्रो बैठक आज बस्दैछ । भोलिदेखि सुरु हुने राष्ट्रिय कार्यकर्ता भेलाको तयारी तथा समसामयिक राजनीतिक विषयमा पार्टीको धारणा तय गर्न एमालेले बैठक बोलाएको हो ।
पार्टीका प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यका अनुसार बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ ।
बैठकले भोलिदेखि सुरु हुने राष्ट्रिय कार्यकर्ता भेलाका एजेन्डा अनुमोदन गर्नेछ । त्यसैगरी, मंसिर ५ गते बस्ने केन्द्रीय कमिटी बैठकका एजेन्डा पनि तय गर्ने कार्यसूची रहेको आचार्यले जानकारी दिएका छन् ।
बैठकमा समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गरी पार्टीको आधिकारिक धारणा तय गर्ने कार्यक्रमसमेत रहेको छ ।
राष्ट्रिय कार्यकर्ता भेलाको पूर्वसन्ध्यामा बस्न लागेको स्थायी कमिटी बैठकलाई एमालेले आगामी राजनीतिक कार्यदिशा र पार्टीका गतिविधि व्यवस्थित गर्ने तयारीका रूपमा लिएको छ ।
काठमाडौँ। पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सातै प्रदेश अधिवेशनमा सहभागी हुने भएका छन्। कांग्रेसको देउवा पक्षको प्रदेश अधिवशेन मंसिर ५ गतेबाट सुरु हुँदै...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सहप्रवक्ता सुरेन्द्र चौधरीले सर्वोच्च अदालतले नेपाल प्रहरीका निवर्तमान महानिरीक्षक दानबहादुर कार्कीलाई पुनर्बहाली गरे पनि उनलाई महानिरीक्षकका रूपमा...
काठमाडौँ। नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दै छ । बैठक आज दिउँसो १ बजे केन्द्रीय कार्यालय च्यासलमा स्थायी कमिटी बैठक बस्ने गरी बोलाएको...
काठमाडौं । नेकपा (एमाले) का नेता विष्णु रिजालले प्रधानमन्त्री बालेन्द्र शाहको आसन्न भारत भ्रमणमा नेपालका राष्ट्रिय हितसँग जोडिएका मुद्दालाई प्राथमिकताका साथ उठाउन सुझाव दिएका...
काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले इनम सापकोटामाथि भइरहेको अनुसन्धानको प्रक्रिया पारदर्शी नभएको आरोप लगाएका छन् । पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend