Nepal Face
  • मंगलबार, २ मंसिर २०८३
  • लोहोरोले हानेर श्रीमतीको हत्या, श्रीमान पक्राउ


    मंगलबार, मंसिर २ २०८३
    105
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। सिन्धुलीको कमलामाई नगरपालिका –१० डाँडाटोलमा श्रीमानले ढुङ्गाको लोहोरो प्रहार गर्दा श्रीमतीको मृत्यु भएको छ।

    मंगलबार बिहान १ बजेतिर सामान्य विवाद हुँदा अन्दाजी ४२ वर्षीय मनोज कार्कीले आफ्नै श्रीमती अन्दाजी ४० वर्षीया सानु कुमारी कार्कीलाई ढुङ्गाको लोहोरोले टाउकोमा प्रहार गर्दा उनको मृत्यु भएको हो ।

    घटनाबारे राति सवा एक बजे जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय भिमान र जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट प्रहरी टोली घटनास्थलमा खटिएको थियो । घटनामा संलग्न मनोज कार्कीलाई नियन्त्रणमा लिई उक्त घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार