Nepal Face
  • मंगलबार, २ मंसिर २०८३
  • ३०० को समान किनेका राम श्रेष्ठले जिते १० लाख


    मंगलबार, मंसिर २ २०८३
    65
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । तीन सयको सामान किनेका एक जना उपभोक्ताले १० लाख पुरस्कार जितेका छन् ।

    भक्तपुरको सूर्य विनायक नगरपालिकाका राम श्रेष्ठले उक्त रकम जितेका हुन् । उनले श्री च्युरा तथा राइस मिलबाट ३०० को सामान किनेका थिए ।

    सरकारले गत कात्तिक १६ गतेदेखि मसान्तसम्मका करदाता प्रोत्साहन उपहार घोषणा गर्दा उनले १० लाख पुरस्कार हात पारेका हुन् । करदाता प्रोत्साहन घोषणा गभर्नर विश्वनाथ पौडेलले घोषणा गरेका हुन् ।

    सरकारले करदाता प्रोत्साहन कार्यक्रम गत साउन १ गतेबाट कार्यान्वयनमा ल्याएको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार