काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सहप्रवक्ता सुरेन्द्र चौधरीले सर्वोच्च अदालतले नेपाल प्रहरीका निवर्तमान महानिरीक्षक दानबहादुर कार्कीलाई पुनर्बहाली गरे पनि उनलाई महानिरीक्षकका रूपमा काम गर्न नदिने चेतावनी दिएका छन् ।
एक अन्तर्वार्तामा चौधरीले कार्कीको नेतृत्वमा प्रहरी संगठन चल्न नसक्ने दाबी गरे । अदालतबाट पुनर्बहाली भए सरकारले उनलाई पूर्ववत् जिम्मेवारी सम्हाल्न नदिने अन्य कानुनी बाटो खोज्न सक्ने उनको भनाइ थियो।
सरकारले नयाँ पद सिर्जना गरी आफूलाई प्रहरी महानिरीक्षकबाट हटाएपछि कार्कीले पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । उक्त रिटमाथि बुधबार प्रारम्भिक सुनुवाइ तोकिएको छ।
कात्तिक २० गते दर्ता भएको रिटमाथि सुनुवाइका लागि सर्वोच्चले यसअघि तिहार बिदापछि कात्तिक ३० गतेको मिति तोकेको थियो । सरकारले सो दिन छठ पर्वको बिदा दिएपछि सुनुवाइ सरेको हो ।
काठमाडौँ । नेपालको सार्वभौम साख मूल्यांकन (सोभरेन क्रेडिट रेटिङ)को अंक गत वर्षको तुलनामा वृद्धि भएको छ । अर्थ मन्त्रालयका अनुसार अन्तरराष्ट्रिय रेटिङ संस्था फिचको सोभरेन...
काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश हरि फुयाल पुनः जिम्मेवारीमा फर्किएका छन् । कात्तिक १७ गतेदेखि बिदा बसेका उनी आज सर्वोच्च अदालत उपस्थित भएका हुन्...
काठमाडौँ । निवर्तमान प्रहरी महानिरीक्षक ९आईजी० दानबहादुर कार्कीले दायर गरेको रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइ बुधबार गर्ने भएको छ । २० कात्तिकमा रिट निवेदन दर्ता भएकोमा...
काठमाडौं। नेपाली बजारमा मंगलबार सुन र चाँदी दुवैको भाउ घटेको छ। सुनको भाउ १ हजार ९०० र चाँदी ३० रुपैयाँले घटेको हो। नेपाल सुन-चाँदी व्यवसायी...
काठमाडौं। सिन्धुलीको कमलामाई नगरपालिका –१० डाँडाटोलमा श्रीमानले ढुङ्गाको लोहोरो प्रहार गर्दा श्रीमतीको मृत्यु भएको छ। मंगलबार बिहान १ बजेतिर सामान्य विवाद हुँदा अन्दाजी ४२ वर्षीय...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend