काठमाडौं । भक्तपुरको गुण्डुमा जारी नेकपा (एमाले)को सचिवालय बैठकमा महासचिव शंकर पोखरेलले पनि पार्टी नेतृत्वको पुनर्गठन गर्नुपर्ने धारणा राखेका छन् । फागुन २१ मा सम्पन्न निर्वाचनमा पार्टीले अनपेक्षित पराजय ब्यहोरेपछि एमालेमा नेतृत्व पुनर्गठनको बहस चर्किंदैआएको छ ।
एमालेको जारी सचिवालय बैठकमा शुक्रबार चार उपाध्यक्षले नेतृत्व पुनर्गठन गर्नुपर्ने धारणा राखेका थिए । आजको बैठकमा महासचिव पोखरेलले पनि नेतृत्व पुनर्गठनको पक्षमा आफ्ना भनाइ राखेपछि एमालेमा अध्यक्ष केपी शर्मा ओली अल्पमतमा परेका छन् ।
शनिबार बसेको सचिवालय बैठकमा आफ्नो धारणा राख्ने क्रममा महासचिव पोखरेलले प्रतिनिधिसभा निर्वाचनमा पार्टीले व्यहोर्नुपरेको परिणाम र वर्तमान राजनीतिक परिस्थितिको समीक्षा गर्दै अब पार्टी यथास्थितिमा चल्न नसक्ने बताएका छन् ।
बैठकमा सहभागी एक नेताका अनुसार महासचिव पोखरेलले अध्यक्ष ओलीलाई सोझै ‘राजीनामा दिनुस्’ भन्ने शब्द प्रयोग नगरे पनि घुमाउरो पाराले नेतृत्व हस्तान्तरण र मार्गप्रशस्त गर्न आग्रह गरेका छन् । महासचिवले भनेका थिए– ‘पार्टी पुनर्गठनको आवाज निकै ठूलो भइसकेको छ । अब यो स्थितिमा पार्टी अघि जान सक्दैन, परिस्थिति सहज छैन । त्यसैले गम्भीर समीक्षा र सुधारसहित अघि बढ्नुपर्छ ।’
लामो समयदेखि ओलीको ‘दायाँ हात’ का रूपमा चिनिएका र हरेक संकटमा उनको प्रतिरक्षा गर्दै आएका शंकर पोखरेलकै यो अभिव्यक्तिलाई एमालेभित्र ठूलो राजनीतिक धक्काका रूपमा हेरिएको छ । एमाले सचिवालय बैठकमा अध्यक्ष ओलीमाथि राजीनामा दिन चौतर्फी दबाब बढेको छ ।
यसअघि शुक्रबार बसेको बैठकमा उपाध्यक्षहरू विष्णु पौडेल, पृथ्वीसुब्बा गुरुङ, गोकर्ण विष्ट र रघुजी पन्तले पार्टी नेतृत्वको विकल्प खोज्नुपर्ने प्रष्ट अडान राखिसकेका थिए। शुक्रबार चार उपाध्यक्ष र शनिबार महासचिव पोखरेलका साथै उपमहासचिव योगेश भट्टराई लगायतका नेताहरूले पनि खुलेरै नेतृत्व परिवर्तनको कुरा उठाएका छन् ।
उपमहासचिव लेखराज भट्टका अनुसार शनिबारको बैठकमा तीन उपमहासचिव र पाँच जना सचिवले आफ्नो धारणा राखिसकेका छन् । बैठकमा अझै ४ जना सचिवहरूले बोल्न बाँकी छ । भोलि आइतबार बिहान साढे ११ बजे पुनः सचिवालय बैठक बस्ने तय भएको छ । भोलिको बैठकले एमालेको भावी दिशा तय गर्ने छ ।
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन...
काठमाडौँ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिगत तथा पार्टीका तर्फबाट देश तथा विदेशमा रहेका नेपालीलाई विजयादशमीको शुभकामना दिएका छन्। यसपटक...
काठमाडौं। प्रधानमन्त्री बालेन शाहले परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न जरुरी रहेको बताएका छन्। विजया दशमीको अवसरमा शुभकामना दिँदै उनले आजको दिनलाई भगवान् रामले...
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैंका अवसरमा सोमबार काठमाडौं उपत्यकाका विभिन्न शक्तिपीठको दर्शन एवं पूजाअर्चना गरी टीकाप्रसाद ग्रहण गरेका छन्। उक्त अवसरमा राष्ट्रपति पौडेलले प्रथम महिला...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend