Nepal Face
  • मंगलबार, २ मंसिर २०८३
  • विवादमा तानिएपछि बिदा बसेका न्यायाधीश फुयाल काममा फर्किए


    मंगलबार, मंसिर २ २०८३
    70
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश हरि फुयाल पुनः जिम्मेवारीमा फर्किएका छन् । कात्तिक १७ गतेदेखि बिदा बसेका उनी आज सर्वोच्च अदालत उपस्थित भएका हुन् ।

    प्रहरी हिरासतमा रहेका बिचौलिया इनम सापकोटासँग नाम जोडिएपछि न्यायाधीश फुयाल विवादमा तानिएका थिए । त्यसपछि उनी दुई साता लामो बिदा बसेका थिए ।

    सर्वोच्चको पेसी सूचीमा मुद्दाको सुनुवाइका निम्ति न्यायाधीशद्वय फुयाल र गोकर्ण डाँगीको संयुक्त इजलास तय भएको छ । उक्त मुद्दामा अहिले सुनुवाइ चलिरहेको सर्वोच्च अदालत प्रशासनले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार