Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • एमाले सचिवालय बैठकको निर्णयः ओलीको रिहाइको माग गर्दै देशभर बिरोध प्रदर्शन गर्ने


    शनिबार, चैत्र १४ २०८२
    580
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा (एमाले)को सचिवालय बैठकले पूर्वप्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई तत्काल रिहा गर्न माग गरेको छ ।

    शनिबार बिहान बसेको सचिवालय बैठकले ओलीलाई गरिएको गिरफ्तारीका बिरुद्ध आम जनसमुदाय , नागरिक समाजको दृढताको साथ कानुनी तथा राजनीतिक रूपमा सशक्त प्रतिबाद गर्ने निर्णय गरेको छ ।

    एमालेले प्रत्येक जिल्लाको सदरमुकाममा आज अपराह्न ३ बजे जनसंगठनहरूका तर्फबाट विरोध प्रदर्शन गर्ने भएको छ ।

    प्रत्येक जिल्लामा भोलि चैत १५ गते १२ बजे जिल्ला पार्टी कमिटीको आयोजनामा व्यापक प्रदर्शनसहित प्रमुख जिल्ला अधिकारीको कार्यालयमा विरोधपत्र बुझाउनेछ ।

    लोकतन्त्र र कानुनी राज्यका पक्षधर सबै दलहरूसँग संवाद र सहकार्य गर्ने र नागरिक समाज र आम जनसमुदायसँग सहकार्य गर्ने निर्णय पनि बैठकले गरेको छ ।

    अध्यक्ष ओलीलाई शनिबार बिहान गुण्डुस्थित निवासबाटै प्रहरीले पक्राउ गरेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार