Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • महामन्त्री आचार्यको नेतृत्वमा चीन भ्रमणमा जाँदै रास्वपाको उच्चस्तरीय टोली


    आइतबार, कार्तिक ३० २०८३
    25
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उच्चस्तरीय प्रतिनिधिमण्डल आज चीन भ्रमणमा जाँदैछन् ।

    चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को औपचारिक निमन्त्रणामा रास्वपा महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा उच्चस्तरीय टोली चीन जान लागेका हुन् ।

    सो भ्रमणका क्रममा सुशासन, आर्थिक विकास, सार्वजनिक सेवा प्रवाह, संस्थागत क्षमता अभिवृद्धि तथा जनअपेक्षाअनुरूपको राजनीतिक नेतृत्वलगायत विषयमा अनुभव आदानप्रदान तथा छलफल हुने बताइएको छ ।

    भ्रमणलाई नेपाल–चीनबीचको आपसी समझदारी, राजनीतिक संवाद तथा विकास सहकार्य विस्तार गर्ने अवसरका रूपमा लिइएको बताइएको छ ।

    प्रधानमन्त्री वालेन्द्र शाहले चीन भ्रमणमा जाने रास्वपाको उच्चस्तरीय टोलीलाई बीआरआई (बेल्ट एन्ड रोड इनिसिएटिभ) का बारेमा विवेकपूर्ण ढंगले धारणा राख्न निर्देशन दिएका थिए । प्रधानमन्त्री शाहले बीआरआई विवादित भएकाले त्यसबारे विवेक पुर्याएर मात्र बोल्न निर्देशन दिएको बताइएकोक छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार