काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको महामन्त्री विपिनकुमार आचार्य निर्वाचित भएका छन् ।
शुक्रबार चितवनको भरतपुरमा भएको महाधिवेशनबाट आचार्य महामन्त्री निर्वाचित भएका हुन् । चितवनमा ६ दिनदेखि जारी महाधिवेशन अन्तर्गत आज पदाधिकारीको निर्वाचनमा महामन्त्री पदमा आचार्य बिजयी भएका हुन् ।
महामन्त्रीका उम्मेदवार मनिषकुमार झा, गणेश कार्की र सागर ढकाललाई पराजीत गर्दै आचार्य निर्वाचित भएका हुन् ।
यसअघि महामन्त्रीमा उम्मेदवारी दिएका गणेश पराजुली, राजु पाण्डे, कबिन्द्र बुर्लाकोटी, जगदीश खरेल, रन्जु दर्शना र प्रमोद न्यौपानेले विपिनलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएका थिए ।
रास्वपा सभापति रवि लामिछानेले पनि देखिनेगरी आचार्यलाई महामन्त्रीमा निर्वाचित गराउने भूमिका खेलेको आरोप छ ।
काठमाडौं । अब नेपाली नागरिकले नागरिकताको प्रतिलिपि लिन गृह जिल्ला धाउनु पर्ने बाध्यताको अन्त्य भएको छ। अब काठमाडौँ उपत्यका लगायत जिल्ला प्रशासन कार्यालयबाट नागरिकताको...
काठमाडौं । लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि आपत्ति जनाएको छ । कांग्रेस महामन्त्री प्रदीप पौडेलले...
काठमाडौं । नेकपा एमालेको आगामी मंसिर २ र ३ गते आयोजना हुने राष्ट्रिय भेलाको तयारी तीव्र पारिएको छ । राष्ट्रिय भेलाको तयारीका क्रममा आज...
काठमाडौँ। रुपन्देही प्रहरीले ‘लुम्बिनी बचाउ महाअभियान’का संयोजक अक्राम खाँसहित दुई जनालाई पक्राउ गरेको छ। गएराति उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। ‘सार्वजनिक शान्तिमा...
चितवन । जिल्ला प्रशासन कार्यालय चितवनको सभाकक्षमा सोमबार सहकारी पीडितहरूले आफ्ना पीडा सुनाइरहेका थिए । यसका लागि भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend