Nepal Face
  • बिहिबार, २५ भाद्र २०८३
  • सभामुख अर्याललाई स्कुटर खरिद गर्नै हतारो, सिंहदरबारका डढाइएका भवन निर्माण गर्न किन गाह्रो ?


    मंगलबार, असार ९ २०८३
    1.1K
    Shares
    नेपाल फेस
  • ३ मिनेट पाठ
  • काठमाडौं । २०८२ साल असोज ५ गते बोलपत्र आह्वान गरी खरिद गरिएका स्कुटरहरु संसद सचिवालयका कर्मचारीका लागि उल्फाको धन फूपूको श्राद्ध बनेको छ ।

    मितव्ययी भएर प्रशासनिक खर्च गर्न प्रधानमन्त्री बालेन्द्र शाहले मातहतका कर्मचारीहरुलाई निर्देशन दिए पनि पुरानै मितिको खरिद देखाएर कमिसन खान संघीय संसद सचिवालयका कर्मचारीहरु अग्रपंक्तिमा देखिएका छन् । नयाँ आउने कर्मचारी विधेयकमा कर्मचारीको सेवा अवधि उमेरको ५५ बर्ष वा ३० बर्षे सेवा राख्ने भनी प्रस्ताव गरिएको बजारमा हल्ला चलिरहेको बेला संसद सचिवालयमा हतार हतार गाडी खरिद गरिएको छ ।

    संसदका कर्मचारीहरुका लागि ठूला बसका अतिरिक्त सहसचिवसम्मका सबैजना कर्मचारीका गाडी छन् । तथापि किन मितव्ययी नबनी खरिदमा प्रतिपर्धा छ नि भन्ने प्रश्नमा संसद सचिवालयका प्रवक्ता सहसचिव एकाराम गिरीले जेनजी आन्दोलनका क्रममा १९ वटा गाडी र ४० वटा मोटरसाइल जलेको हुँदा खरिद गरेको बताए ।

    जुन गाडी र मोटरसाइकलहरु जलाइएको हो, जलेको होइन । जलाउनेहरुको विरुद्धमा सीसीटीभी फुटेजसहित कारबाही गर्नका लागि प्रहरीमा किटानी जाहेरी दिनुपर्नेमा दिइएको छैन । अहिलेसम्म पनि मुचुल्का मात्रै उठाएर कर्मकाण्डी पारा गरिएको छ ।

    संसद सचिवालयले भदौ २४ गते डढाइएका यी संरचना निर्माण गर्न भने चासो देखाएको छैन

    सवारी साधन खरिदमा न्यूनतम १५ प्रतिशत कमिसन पाइने हुँदा खरिद गर्न हाकिमहरु लालायित हुने एक अधिकृतले खुलासा गरेका छन् । तथापि यी नयाँ नयाँ स्कुटरहरु पनि आफ्ना मान्छेलाई मात्रै दिने गरिएको गुनासो एक कर्मचारीले यो प्रतिनिधिसामु गरेका छन् । संघीय संसद सचिवालय अगाडि पार्किङ गर्दा सञ्चारकर्मीहरुले समाचार लेखिदिने डरले नयाँ स्कुटर नेपाली कांग्रेसको संसदीय दलको गेट नजिक राखिएका छन् ।

    स्कुटरहरु कति खरिद गरिएका हुन् भने एकाईका अधिकृत विकास श्रेष्ठसँग सोध्दा सूचनाको हक प्रयोग गरी माग्नू भन्दै तर्किए । नाम बताउन समेत आनाकानी गरेका यो ईकाईले सवारी साधन खरिदमा १५ प्रतिशत कमिसन प्राप्त हुने संसद सचिवालयका एक सहसचिवले नै नाम उल्लेख नगर्ने सर्तमा बताए ।

    सुन सञ्चयमा अहिलेसम्मकै मन्त्रीमण्डललाई उछिनेका रास्वपाका मन्त्रीहरु विदेशी ऋण लिनमा पनि प्रतिपर्धामा छन् । अहिले प्रतिव्यक्ति १ लाख रुपैयाँ ऋण नेपालीको टाउकोमा थोपरिएको छ । तथापि झण्डै दुई तिहाईको रास्वपाको सरकारले सुशासन र मितव्ययितामा ध्यान दिन सकिरहेको छैन । त्यसको उदाहरण संघीय संसद सचिवालयमा खरिद गरिएका स्कुटरलाई लिन सकिन्छ ।

    भदौ २४ गते जलाइएका सचिवालय अन्तर्गत संसदीय दलका कार्यालयहरु निर्माण हुन सकेका छैनन् । ती संरचनाहरु लथालिङ्ग अवस्थामा छन् । मानव अधिकार आयोगको प्रतिवेदनमा आगो लगाउने दोषी भनी किटान गरिएका झण्डै २० जना रास्वपाका सांसदहरु छन् । संघीय संसद सचिवालयको जिम्मेवारी सबै सभामुखको हुन्छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार