काठमाडौं । सरकारी विद्युतीय बोलपत्र प्रणाली (ईबिडिङ) नै ह्याक गरेर ठूला ठेक्का लिने गरेको खुलिसकेको छ । बिशेष गरी सडक, खानेपानी, सहरी विकास मन्त्रालयका अरबौंका ठेक्का बिद्युतीय बोलपत्र प्रणाली ह्याक गरी लिनेमा ठूला निर्माण ब्यवसायीहरु नै रहेकाले नेपाली प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)ले अनुसन्धान गरिरहेको छ ।
सीआइबीले दुई महिना लामो अनुसन्धानपछि कारबाही प्रक्रिया अघि बढाइसकेको छ । सीआईबीले केही निर्माण ब्यवसायीलाई नियन्त्रणमा समेत लिएर अनुसन्धान अगाडि बढाएको छ । सीआईबीले अनुसन्धान अगाडि बढाएपछि बोलपत्रको सिष्टम ह्याक गरी अरबौंका टेण्डर हत्याउने निर्माण ब्यवसायी अब उम्कन नपाउने भएका छन् । सिष्टम ह्याक गरी ठेक्का लिनेमा आशिष निर्माण सेवाका निर्माण गौली, तुँदीका ऋषि सुवेदी लगायत भूमिगत भइसकेका छन् । उनीहरु पनि सीआईबीको छानबिनमा छन् ।
यसैक्रममा अनुसन्धान गर्दै जाने क्रममा नेपाली सेनाको काठमाडौं–तराई द्रुतमार्ग(फाष्टट्रयाक) निर्माणको बोलपत्र पनि ह्याक गरी ठेक्का लिएको पुष्टि हुने स्रोत बताउँछ । सीआईबीको अनुसन्धानको दायरामा सेनाको बोलपत्र ह्याक गर्ने पनि आउने भएका छन् । द कुमार सिचुवान जेभी लगायतका कम्पनीले यसरी ईबिडिङ सिष्टम ह्याक गरी ठेक्का लिएको आरोप लागेको हो ।
जनवरी १७, २०२२ मा फाष्टट्रयाकको प्याकेज ३ को ठेक्का एक हजार दिनमा सक्नेगरी द कुमार–रोशन सिचुवान जेभीले लिएका थिए । अक्टोबर २६, २०२४ मा सक्नेगरी सेनाको फाष्टट्रयाक आयोजना र द कुमार सिचुवान जेभी लगायतका कम्पनीबीच सम्झौता भएको थियो ।
ह्याकरको सहयोगमा सरकारी इबिडिङ सिष्टममा पहुँच पुर्याई प्रतिस्पर्धीको आर्थिक प्रस्ताव हेर्ने र त्यही अनुसार आफ्नो प्रस्ताव बनाएर पेश गरी ठेक्का लिने गरेको बिषयमा सीआईबीले अनुसन्धान गरिरहेको छ ।
सीआईबीले पछिल्ला सबै ठेक्कामा बोलपत्र सिष्टम ह्याक गरी ठेक्का लिएकोबारेमा अनुसन्धान गर्ने क्रममा द कुमार सिचुवान जेभी लगायतका कम्पनी पनि अनुसन्धानमा तानिने भएका छन् ।
सम्राट उपाध्याय नेपालको निजामती प्रशासन मुलुकको शासन व्यवस्था सञ्चालन गर्ने स्थायी सरकार हो । राजनीतिक नेतृत्व आवधिक रूपमा परिवर्तन भइरहने हुनाले नीतिगत निरन्तरता, संस्थागत स्मृति...
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
बीरगञ्ज । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीका हुण्डी कारोबारीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नचलाएको बिषयमा विवादमा परेपछि जिल्ला सरकारी वकिल कार्यालय...
बीरगञ्ज । मुलुकको अर्थतन्त्रलाई खोक्रो पार्ने आर्थिक अपराधका रुपमा अबैध हुन्डी कारोबारलाई लिने गरिएको छ । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी अवैध हुन्डी कारोबारसँग...
कलैया । बाराको फेटा गाउँपालिका–३, फेटाका चार युवाले नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) पदमा सफलता हासिल गरेपछि गाउँमा खुसी छाएको छ । एउटै वडाका चार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend