काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)ले १ अर्ब ३ करोड ८४ लाख ७५ हजार ८ सय ४५ रुपैयाँ अबैध हुन्डीमार्फत् कारोबार गर्ने धरान उपमहानगरपालिका वडा नं. १३ का ज्योति शाहीलाई पक्राउ गरेको छ । शाही मनि ट्रान्सफरमार्फत् हुन्डी कारोबार गरेको सूचना पाएपछि अनुसन्धानका लागि उनलाई बिहीबार पक्राउ गरेको छ ।
विभिन्न असम्बन्धित व्यक्तिहरुले विदेशमा आर्जन गरेको रकम अनौपचारिक माध्यममार्फत् स्वदेशमा स–साना भाग बनाई कनेक्ट आईपीएस लगायत अन्य विद्युतीय डिजिटल माध्यमबाट असम्बन्धित व्यक्तिहरुको खातामा हुण्डीको माध्यमबाट कारोबार गरेको देखिएपश्चात शाहीलाई पक्राउ गरिएको सीआईबीका प्रवक्ता एसएसपी अनुपमशमशेर जबराले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
घरेलु तथा साना उद्योग कार्यालय इटहरी सुनसरीमा २०६८ भदौ १६ मा दर्ता गराएको दर्ता नं. १४८२/०६८ /६९ शाही मनि ट्रान्सफरसमेतको नामबाट कृषि विकास बैंक, सेन्चुरी कमर्सियल बैंक, ग्लोबल आईएमई बैंकलगायत ५२ वटा बैंक तथा वित्तीय संस्थाहरुमा बैंक खाता संचालन गरी ती खाताहरुको प्रयोग गरी करिब १ अर्ब ३ करोड ८४ लाख ७५ हजार ८ सय ४५ रुपैयाँ कारोबार गरेको खुलेको सीआईबीले जनाएको छ ।
सुनसरी जिल्ला अदालतबाट मंगलबार हुण्डी सम्बन्धी कारोबार गर्न नहुने सम्बन्धी कसूरमा पक्राउ अनुमति लिई नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो, कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगर र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको संयुक्त प्रहरी टोलीले धरानको खैरेनीबाट शाहीलाई पक्राउ गरेको जनाइएको छ ।
काठमाडौं । भूमिव्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आगामी असोज ९ गतेदेखि ११ गतेसम्म देशका विभिन्न स्थानमा अत्यधिक बर्षा हुनसक्ने पूर्वानुमानपछि सबै...
बिराटनगर । सशस्त्र प्रहरी बल नेपालले बाढी, पहिरो तथा डुबान जस्ता मनसुनजन्य विपदबाट हुनसक्ने जनधनको क्षति न्यूनीकरण एवं खोज तथा उद्धारका लागि देशभर ६...
काठमाडौं । एमालेले ७ नेतालाई स्थायी कमिटी सदस्यहरू मनोनीत गरेको छ। आज बसेको सचिवालय बैठकले ईश्वर पोखरेल, प्रदीप ज्ञवाली, देवराज घिमिरे, शिवमाया तुम्बहाम्फे, लालबाबु पण्डित,...
काठमाडौँ । नेपाली काँग्रेसले आगामी १५औँ महाधिवेशनका लागि लोगो र नारा सार्वजनिक गरेको छ। काँग्रेसले बिहीबार सामाजिक सञ्जालमार्फत महाधिवेशनको लोगो सार्वजनिक गर्दै त्यसको नारासमेत सार्वजनिक...
चितवन । अविरल वर्षा र त्यसबाट हुन सक्ने बाढी, पहिरो तथा डुबानको विपद्जन्य जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय चितवनले नारायणगढ-मुग्लिन सडक खण्डमा रात्रिकालीन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend