काठमाडौं । नेपालमा अनलाइनका माध्यमबाट खेलिने अबैध जुवा (बेटिङ) मा दैनिक ५० करोड रुपैयाँ भन्दा बढीको कारोबार हुने गरेको छ ।
अनलाइन जुवा, सट्टेबाजी रोक्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी) लाई प्रबिधियुक्त बनाउन सरकारले १ करोड रुपैयाँ दिएको थियो । तर, सरकारले १ करोड बजेट दिए पनि सीआईबीले अनलाइन जुवा, सट्टेबाजी नियन्त्रण गर्न सक्रियता देखाउन नसकेको सामाजिक संजालमा खुलेआम भएका विज्ञापनहरुले पुष्टि गरेका छन् ।
अनलाइन जुवाममा बिशेषगरी युवाहरु फस्ने गरेका छन् । नेपालका ईसेवा, खल्ती, फोनपे, कनेक्ट आईपीएस मार्फत् २४ घन्टा अनलाइन जुवामा दैनिक ५० करोड कारोबार भइरहेको छ । अनलाइनमा गरिएका एपमार्फत् जोडिने र त्यसमा जोडिनका लागि ईसेवा, खल्तीको क्यूआरमा पैसा हाल्न लगाउने गरिन्छ । त्यो क्यूआरबाट सहजै अनलाइन जुवा खेलाउनेहरुलाई नियन्त्रणमा लिन सकिने भए पनि सीआईबी र राष्ट्रबैंकको एफआईयु नेपालले अहिलेसम्म कुनै पनि अनलाइन जुवा खेलाउनेहरुलाई नियन्त्रणमा लिन सकेको छैन ।
सीआईबीका प्रमुख डा.मनोजकुमार केसीले अनलाइनमार्फत् जुवा र सट्टेबाजीको विज्ञापन गर्नेहरुको बारेमा साइबर ब्यूरोले अध्ययन गरिरहेको बताउँछन् । तर अनलाइन जुवाका नाममा नेपालीहरु दैनिक ५० करोडभन्दा बढी ठगीमा पर्दा पनि एक्सन लिन सकेको छैन । सीआईबी, साइबर ब्यूरो र प्रहरीका बिभिन्न युनिटले आईटी विज्ञहरुको सहयोग लिने हो भने यस्तो ठगी सहजै नियन्त्रणमा आउनसक्ने देखिन्छ । सामाजिक संजाल फेसबुकदेखि इन्ष्टाग्राम, युट्युबमा जुवा, सट्टेबाजीका विज्ञापन यत्रतत्र सर्बत्र देखिन्छन् ।
बालेन्द्र शाह नेतृत्वको सरकार गठनपछि बेटिङ एप बन्द गरिएको खुब प्रचार भयो, तर भीपीएन प्रयोग गरी अनलाइन जुवा(बेटिङ)का एपहरुबाट दैनिक ५० कुरोड भन्दा बढी ठगी भइरहेको कुरामा नेपाल प्रहरीका बिशेषगरी सीआईबी, जिल्ला प्रहरी परिसर काठमाडौं, ललितपुर भक्तपुरको नेतृत्त्व किन चासो देखाइरहेका छैनन् भन्ने सवाल खडा भएको छ ।
अनलाइनबाट एप संचालन गरी जुवा खेलाउन भारतमा प्रतिबन्ध लगाएपछि यस्तो अवैध काममा संलग्न भारतीयहरु नेपालमा आएर खुलेआम बेटिङ एपमार्फत् जुवा खेलाउन थालेका छन् । भारतीयहरुलाई काठमाडौंमा बस्नका लागि भिसा नचाहिने भएकाले कोठा वा घर भाडामा लिने लिएर अनलाइन जुवा धन्दा चलाउने गरेका छन् । जसको कुलतमा नेपाली युवापुस्ता परेको छ ।
नेपालका सरकारी निकायबाट अनुमतिप्राप्त बेटिङ एप भनेर सामाजिक संजालमा विज्ञापन गरी ठगी गर्ने गरिएको छ । कम्पनी रजिष्टारबाट मनोरन्जनमूलक कम्पनीको अनुमति लिएको प्रमाणपत्र देखाएर जुवा खेलाउने गरिएको छ । तर प्रहरीले यस्तो गिरोहलाई नियन्त्रणमा लिन सकेको छैन ।
सबैभन्दा बढी अनलाइन जुवा र सट्टेबाजी धन्दा काठमाडौं उपत्यकामा हुने गरेको छ । तर सीआईबी, साइबर ब्यूरो, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले यो ठगी रोक्ने गिरोहको अप्रेसन गर्न सकेको छैन । राजेन्द्रसिंह भण्डारी सीआईबी प्रमुख हुँदा अन्तर्राष्ट्रिय कल चोरी(कल बाइपास–भीओआइपी)को गिरोहको अप्रेसन गरी टेलिफोन सेवा प्रदायक कम्पनी नेपाल टेलिकम र एनसेलबाट प्राप्त हुने अरबौं राजस्व चुहावट रोकेका थिए । तर भीओओपी भन्दा सहजै पत्ता लगाउन सकिने अनलाइन जुवाको गिरोहको जालो सीआईबीदेखि प्रहरीका कुनै पनि युनिटले तोड्न नसक्नुमा कतै यो गिरोहको प्रभाव राज्यका उपल्लो तहसम्म त छैन भन्ने आशंका जन्माएको छ ।
काठमाडौं । बाढी प्रभावित रसुवाका बालबालिकालाई कुपोषणको जोखिमबाट जोगाउन स्वास्थ्य सेवा विभागले ३० हजार स्याचेट Ready-to-Use Therapeutic Food (RUTF) रसुवा पठाएको छ । बाढीका कारण...
सुयोग शर्मा भदौ १० गते रसुवामा बाढी आयो । स्वास्थ्यका सबै निकाय परिचालन भए तर एकीकृत र प्रभावकारी हुन सकेनन् । कतै स्वास्थ्य सामग्रीको अभाव...
ललितपुर । कारागारमा रहेका व्यक्तिको निर्देशनमा ठूलो लागूऔषध सञ्जाल सञ्चालन भइरहेको आशंकाबीच सशस्त्र प्रहरी बल नेपालको इन्टेलिजेन्स ब्यूरोले ललितपुरको च्यासलबाट १७ हजार ४ सय...
काठमाडौं । देशको राजधानी काठमाडौंको टेकूमा रहेको केन्द्रीय जनस्वास्थ्य प्रयोगशाला(सेन्टर ल्याब) को ब्यवस्थापन प्रभावकारी नहुँदा आम नागरिकले दिनहुँ सास्ती ब्यहोर्नुपरेको छ । भरपर्दो र विश्वसनीयका...
काठमाडौं । नेपालमा जापानिज इन्सेफ्लाइटिस (जेई) संक्रमण र यसबाट हुने मृत्युको अवस्था गम्भीर बन्दै गएपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले उच्च जोखिममा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend