Nepal Face
  • शनिबार, २७ भाद्र २०८३
  • शेरबहादुर तामाङलाई गोकुल बाँस्कोटाको प्रहार : म आफ्नो र श्रीमतीको पदप्राप्तीका लागि गुट बदल्ने अवसरवादी होइन


    शनिबार, फाल्गुन ३० २०८२
    465
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काडमाडौं । निर्वाचनमा अनपेक्षित पराजयपछि नेकपा (एमाले)का नेताहरु एक अर्कामा आरोप–प्रत्यारोपमा उत्रिएका छन् ।

    सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा पराजीत भएका एमालेका उम्मेदवार शेरबहादुर तामाङले गोकुल बास्कोटालाई सार्वजनिक रुपमै पार्टी हराएको आरोप लगाएपछि उनले त्यसको कडा जवाफमा उनलाई पद प्राप्तीका लागि गुट बदल्ने चरम अवसरवादीको संज्ञा दिएका छन् ।

    सामाजिक संजालमा दिएका छन् । एमालेका केन्द्रीय सदस्य बास्कोटाले आफू तामाङजस्तो फगत आफ्नो र श्रीमतीको पदप्राप्तीका लागि गुट बदल्ने मात्र होइन, पटक पटक पार्टी नै फुटाउनसमेत पछि नपर्ने चरम अवसरवादी पात्र नभएको बताएका छन् । उनले २०३८ देखिको इतिहास हेर्न हेरौं न भनेर सामाजिक संजालमा चुनौती दिएका छन् ।

    बाँस्कोटाले शनिबार बिहानै सामाजिक संजालमा लेखेका छन्–‘भन्न मन थिएन तर मेरो मत मैले राखेबापत उनको कोदोवारी फाँडेसरह शेरबहादुर तामाङजी ममाथि सार्वजनिक रुपमा जाइलागेछन् । म तपाईंजस्तो फगत आफ्नो र श्रीमतीको पद प्राप्तिका लागि गुट बदल्नेमात्र होइन, पटक–पटक पार्टी नै फुटाउनसमेत पछि नपर्ने चरम अवसरवादी पात्र होइन । ०३८ यताका इतिहस हेरौं न ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार