काठमाडौैं । एमाले नेता गोकुल बाँस्कोटाले २०६१ मा तत्कालीन राजा ज्ञानेन्द्र शाहले कू गरेपछि तुलसी गिरी बन्न च्यानल खोज्दै हिंड्ने ‘पावर हंगर’ ले अरुको क्रान्तिकारी निष्ठामाथि हमला नगरेकै राम्रो भन्दै सामाजिक संजालमा टिप्पणी गरेका छन् ।
नेता बाँस्कोटाले पावर हंगर भनेर एमालेका अध्यक्ष केपी शर्मा ओलीतिर प्रहार गरेको सहजै बुझ्न सकिन्छ । बाँस्कोटाले लेखेको टिप्पणीमा चुनाव हुनुपर्ने आसय भएकाले पनि निर्वाचनको बिरोध गर्दैआएकाले उक्त टिप्पणी ओलीलक्षित नै भएको सहजै बुझ्न सकिन्छ ।
बाँस्कोटाले आइतबार बिहानै सामाजिक संजालमा लेखेको टिप्पणीमका ओली तुलसी गिरी बन्न तयार रहेको उल्लेख गरेका छन् । चुनावको बिरोध गर्दै प्रतिनिधिसभाको पुनस्र्थापनामा जोड दिइरहेका ओलीले पार्टीभित्र अध्यक्षको प्रतिस्पर्धामा रहेर पराजीत भएका ईश्वर पोखरेलपक्षका नेताहरुबिरुद्ध एकपछि अर्को प्रहार गर्न थालेपछि बाँस्कोटाले उनलाई ०६१ मा तुलसी गिरी बन्न तयार हुने पावर हंगरले अरुको क्रान्तिकारी निष्ठामाथि प्रहार नगर्न चेतावजी दिएका छन् ।
बाँस्कोटा सामाजिक संजालमा लेख्छन्– ‘०६१ मा राजा ज्ञानेन्द्रले कू गरेपछि तुलसी गिरी बन्न च्यानल खोज्दै हिंड्ने पावर हङ्गरले अरुको क्रान्तिकारी निष्ठामाथि हमला नगरेकै राम्रो, तथ्यलाई रफ्फुले छेक्न सक्दैन । अहिले पनि पावर प्राप्ती हुन्छ भने राजा आउँदा प्रतिगमन पूरै सच्चिएको तिलस्मी कथा लेख्न तिनीहरु तयार छन् । तसर्थ, ईलेक्सन ।’
बाँस्कोटा ओलीसँग लामो समयदेखि निकट रहेर काम गरेका नेता हुन् । ०६१ मा गणतन्त्रको माग हुँदा ओली संवैधानिक राजतन्त्रकै वकालत गर्दैआएका थिए । उनले बयलगाडा चढेर अमेरिका पुगिंदैन भन्दै गरेको भाषण अहिलेसम्म चर्चित छ । बाँस्कोटाले नाम उल्लेख नगरी लेखे पनि उनले ओलीतिरै निशाना साँधेको सहजै बुझ्न सकिन्छ । ओलीले देश गणतन्त्रमय भइसक्दा पनि संवैधानिक राजतन्त्रको वकालत गरेका थिए ।

काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
काठमाडौँ । सुशासन, रोजगार र अवसरको खोजीसँगै युवा पुस्ताको संघर्षले भएको जेन जेड आन्दोलनको एक वर्ष पूरा भएको छ । स्वदेशमै रोजगारको सिर्जना गर्ने...
काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरिएको छ। मंगलबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले...
काठमाडौं । सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेले एक वर्षअघि भएको जेनजी आन्दोलनलाई नयाँ जागरण विस्फोटको रुपमा उल्लेख गरेका छन्। जेनजी शहीद दिवसको अवसरमा वक्तव्य...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend